चैत्र १६,रौतहट/ शुक्रवार रौतहटको मध्य मागमा हावाहुरीका साथ बिहान असिना र पानी पर्दा करोडौंको क्षति भएको छ । जिल्लाको यमुनामाई, दुर्गा भगवती गाउँपालिका तथा माधव नारायण, देवाही गोनाही, गढीमाई लगायतका नगरपालिकामा बढी क्षति पुगेको छ ।

बिहान करिब आधा घण्टासम्म लगातार परेको असिना पानीले सयौं घरहरुको छानामा क्षति पुर्‍याएको छ भने सयांै बिगाह जमिनमा लगाइएको अन्नबाली तथा तरकारी बाली नष्ट गरेको छ ।

दुर्गा भगवती गाउँपालिकाको खपटाले छाएको सबै जसो घरहरुको छानामा असिनाले क्षति पुगेको हो । आँप, लिचीमा चिचिला लाग्ने समयमा असिना पर्दा ठूलो क्षति भएको पीडित किसानहरुले बताएका छन् । क्षतिको विवरण संकलन भैरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter