काठमाडौँ ,चैत्र १६/ उच्च शिक्षामा अस्ट्रेलिया जाने सोच बनाइरहेका प्लस टु, स्नातक गरेका विद्यार्थीलार्इ लक्षित गर्दै शुक्रबारबाट राजधानीमा तेस्रो मेगा अस्ट्रेलियन एजुकेशन फेयर शुरु भएको छ । दरबारमार्गस्थित होटेल अन्नपूर्णमा शुरु भएको मेगा अस्ट्रेलियन फेयरको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ ९ इक्यानका अध्यक्ष प्रकाश पाण्डेले गरेका थिए ।

 वान अप प्रालिको आयोजनामा भएको फेयरमा विद्यार्थीले अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृत्ति, लागतका विषयमा विज्ञहरुबाट जानकारी पाउने आयोजक वान अपका भोला पोखरेलले जानकारी दिए । ब्रिटिस काउन्सील प्रस्तुतकर्ता रहेको उक्त फेयरमा अस्ट्रेलियाका उत्कृष्ट कलेज र यूनिभर्सिटी तथा कन्सल्टेन्सिहरु गरी ३० वटाभन्दा बढी संस्थाहरुको सहभागीता रहेको छ ।
दुईदिन सम्म चल्ने फेयरमा पाँच हजार बढि विद्यार्थी तथा अभिभावक सहभागिता रहने अपेक्षा गरिएको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter