असार-२८, पोखरा,

टिम नेपो पोखराले विश्व जनसंख्या दिवसको अवसरमा युथ डिस्कसन कार्यक्रम  आज पोखरामा सम्पन्न गरेको  छ ! पोखराका विभिन्न क्षेत्रका युवा हरु माझ उक्त कार्यक्रम गरेको हो ! युवाको विकास र वातावरण संरक्षण जस्ता सामाजिक कार्यक्रममा क्रियाशील टिम नेपो पोखराले आइडिया फर एल्जिआईसि र हामि सक्छौं समूह संगको सहकार्यमा  जनसंख्या बृद्दि नियन्त्रणमा युवाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम गरेको टिम नेपो पोखराका सदस्य गौरव सुवेदीले पिपल्स डेली नेपाललाई जानकारी दिए !

नेपालको जनसंख्या बृद्दि नियन्त्रणमा युवाको भूमिका, जनसंख्या, वातावरण र स्वास्थ्यको नाता र जनसंख्या बृद्दिले सामाजिक जीवनमा निम्ताएको अवरोध र तिनको समाधानमा युवाको भूमिका जस्ता विषयमा छलफल गरेको थियो !
कार्यक्रममा टिम नेपो पोखराका अध्यक्ष श्रीकृष्ण गौतम, हामि सक्छौ समूहका सचिव पदम गुरुङ, आईडिया फर एल्जिआईसिका अध्यक्ष कमल बि.क  लगायतले उल्लेखित विषयहरुमा प्रकाश पारेका थिए ! कार्यक्रमको संचालन टिम नेपो पोखराका सचिव सुजन नेपालिले गरेका थिए !

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter