काठमाडौँ १८ चैत। नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न आइतबार बिहानैदेखि काठमाडौंको सानेपास्थित उनको निवासमा नेता कार्यकर्ताको ठूलो भीड लागेको छ।

बिहान दश बजेअघि  कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल,  शेखर कोइराला, प्रकाशसरण महत, मिनेन्द्र रिजाल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य दीपक गिरी, चिनकाजी श्रेष्ठ, देवन्द्र राज कँडेल, शंकर भण्डारी लगायतका नेताहरूले खड्का निवास सानेपा पुगेर श्रद्धाञ्जलि व्यक्त गरेको कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले जानकारी दिए।

उनको पार्थिव शरीरलाई आज दिउँसो १ बजे श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षको उमेरमा निधन भएको थियो । उनि मिर्गौला र छातीको संक्रमणबाट पीडित थिए । उनको पार्थिव शरीरलाई शनिबार राति नेपाल ल्याई ललितपुर, सानेपास्थित उनकै निवासमा राखिएको छ ।

बेलायतमा उच्च शिक्षा अध्ययनरत नेता खड्काका सुपुत्र अनुराग खड्का आज नेपाल आएपछि धार्मिक विधि र परम्परागत प्रक्रिया पूरा गरेर मात्रै उनको पार्थिव शरीरलाई दिउँसो पार्टी कार्यालयमा राखिने बताइएको छ ।

यही चैत ९ गतेदेखि निर्वाचन समीक्षा गर्न जारी काँग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ बजे बस्ने भनिएको सातौँ दिनको बैठक स्व खड्काप्रति सम्मान प्रकट गर्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter