चैत १८ पोखरा/ पोखरा विश्वविध्यालयमा अनेरास्ववियुको बृहत कार्यकर्ता भेला सम्पन्न भएको छ । पोखरा विश्वविध्यालयमा एमाले निकट अनेरास्ववियु र संघीय समाजवादी फोरमनिकट विद्यार्थी संगठनबिच गठबन्धन बनेको छ । संघीय समाजवादी फोरम निकट विद्यार्थीहरुले अनेरास्ववियुको जित पक्का रहेको र सहयोग गर्ने संगठनका अध्यक्षले दिपेन्द्र यादवले बताए ।

कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका सांसद तथा पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले कार्यक्रममा बोल्दै विश्वविध्यालयमामा स्ववियु जित्ने कुरामा शंका नरहेको तर नमजा चै राष्ट्रिय बाम एकताको क्रममा व्यक्ति व्यक्तिको स्वार्थले गर्दा क्रान्तिकारी मै फाटो आएको र असली क्रान्तिकारीको भूमिका निर्वाहा गर्न नसकेको कारण एकता नभएको बताए । यो एकताको क्रममा माथि देखि तल सम्म को कस्ले बाधा दिने सम्पूर्णलाई पछि हित नहुने पनि अधिकारीले प्रस्ट पारे । राष्ट्रिय रुपमा संगठन एकता हुने हुदा विश्वविध्यालयमा रहेका सच्चा क्रान्तिकारीहरुले सोचेर भोट दिने छन् भन्ने कुरा पनि जोडेका थिए । संगठनले विद्यार्थीहरुको समस्याहरुलाई समाधान गर्नुपर्ने र अफ्ट्यारो परेको खण्डमा आफु स्वयम्ले टिमलाई सहयोग गर्ने अधिकारीले बताए ।

पोखरा विश्वविध्यालयमा अनेरास्ववियुको जित निश्चित रहेको र नेविसंघ कांग्रेस पार्टी आफै एउटा व्यक्तव्यमा अल्झेको र पार्टीलाई अगाडी बढाउन नसकेको बेला पोखरा विश्वविध्यालयमा रहेको भाइ कांग्रेस भनिने नेविसंघले केहि गर्न नसक्ने बताए । नेविसंगले जित्ने भनेको सपना मात्र हो भाइ कांग्रेस मिर्गमरिज रहेको कुरा अधिकारीले बताए । पोखरा विश्वविध्यालयमा अनेरास्ववियुलाई बधाई दिन औपचारिक घोषणा मात्र कुरेको नत्र अनेरास्ववियुका तर्फबाट सभापति उठेका केन्द्रीय क्याम्पस समिति अध्यक्ष ई.सुनील तिमिल्सिना र तिमिल्सिनाका प्यानलमा रहेका सम्पूर्ण सदस्यहरुलाई बधाई दिए हुने उनको ठम्याई थियो ।

हेर्नुहोस भिडियो

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter