चैत्र २१ गते हुन गइरहेको निर्वाचनको भोलीदेखि मौन अवधि सुरु  हुदैछ । चुनावी माहौल अनुरुप अनेरास्ववियू अग्रपंक्तिमा देखिएको छ । अनेरास्ववियू गठबन्धनको साझेदार बनेको समाजवादी बिद्यार्थी फोरम सहित बिभिन्न भेला र कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।
बाम बिद्यार्थी एकता हुन नसकेपछि विश्वविद्यालयमा यि दुइ संगठन एक भएका हुन् । बाम विद्यार्थी अर्को संगठन अखिल क्रान्तीकारी भने एक्लै चुनावी मैदानमा उभिएको छ ।

सुरुवाती दिनहरुमा नेपाल बिद्यार्थी संद्य चुनाव आफ्नो पक्षमा पार्ने तयारीमा आक्रमक तरिकाबाट अगाडी बढ्ने प्रयत्न गरेको देखिएता पनि चुनाव नजिकिदै जाँदा भने सुस्त देखिएको छ । सहजै चुनाव जित्ने आँकलन गरेको नेबिसंद्य दुइ दिन मात्रै बाँकी रहंदा देखिएको महौलले झस्कीएको छ ।

उता अनेरास्ववियूलाई आफ्नो हैसियत देखाउने भन्दै एकताबाट बाहिर बसेको क्रान्तिकारी पनि आफ्नो पक्षमा सोचे अनुरुप माहौल बनाउन सकिरहेको छैन । स्रोतका अनुसार नेपाल बिद्यार्थी संद्यको एक तप्काले बिप्लव माओवादी सम्बद्ध बिद्यार्थीहरु संग छलफल गरेका छन् । यो खबर बाहिरिएसंगै नेबिसंद्य चुनावी महौलबाट पछाडि हट्न चाहेको स्पष्ट बुझ्न सकिन्छ ।

नेबिसंद्यका एक समुहले गरेको भेटघाटले नेबिसंद्य भित्र पनि चुनाव गराउने र नगराउने पक्षमा मत बिभाजित भएको स्पष्ट छ । हिजो मात्रै अनेरास्ववियू र समाजवादी बिद्यार्थी फोरमले आयोजना गरेको बिषेश भेलामा एमाले महानगर सचिव दिलिप न्यौपानेले विश्वबिद्यालयका केहि कर्मचारी र क्रान्तिकारीका एक नेता बिच बाम बिद्यार्थी एकता हुन नदिने गरि सम्झौता भएको सप्रमाण रहेको उद्घोष गरेका थिए ।

अनेरास्ववियूसंग सहकार्य नभएपछि क्रान्तिकारीले चुनाव जित्ने सम्भावना छैन । क्रान्तिकारी भित्रको विवादले पनि उसले भने झै गरी मत आफ्नो पक्षमा ल्याउने देखिदैन । यस्तो अवस्थामा क्रान्तिकारीको एक तह चुनाव नगराउने तर्फ उन्मुख भने हुन सक्ने देखिन्छ । स्रोतका अनुसार क्रान्तिकारी भित्र एक समुहले अनेरास्ववियूलाई सहयोग गर्ने पक्का पक्की रहेको छ । यस्तो अबस्थामा क्रान्तिकारी भित्र चुनाव नगराउने आवाज उठ्नु स्वभाविक पनि हो ।

यता अनेरास्ववियूका नेताहरुले भने कुनैपनि हालतमा चुनाव नरोकिने र आफ्नो जित सुनिश्चत भएको दाबि गरेका छन् । आज बिश्वविद्यालयमा भएको उम्मेदवार परिचय कार्यक्रममा बोल्दै नेताहरुले अनेरास्ववियू सहित समाजवादी फोरमको गठबन्धनको जित सुनिश्चित भएको घोषणा गरेका छन् ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter