चैत १९ पोखरा । पोखराको मनिपाल शिक्षण अस्पतालमा कर्मचारीको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट ३ कर्मचारी घाइते भएका छन ।अस्पताल प्रशासनले विगतमा कर्मचारीहरुसँग गरेका ११ बुँदे मागको कार्यान्वयन नगरेपछि आन्दोलित भएका कर्मचारीहरुले आज डिनको कार्यकक्ष अगाडी धर्ना दिन जाने क्रममा एक्कासी प्रहरीले दमन गरेको आन्दोलित कर्मचारीको आरोप रहेको छ ।
२ वर्षयता मणिपाल प्रशासनसँग २९ पटक वार्ता भएको र ती वार्तामा सहमति गरेका कुरा अस्पताल प्रशासनले पूरा नगरेको कर्मचारीहरुले आरोप लगायका छन ।

आज भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट राजबहादुर घर्ती, कर्णबहादुर के.सी. र अमर गुरुङ हुन । उनिहरुलाई घाँटी तथा टाउकोमा चोट लागेको छ । यता प्रहरीतर्फबाट पनि सात जना प्रहरी घाइते भएका छन । घाइतेको विवरण भने खुलाइएको छैन । प्रहरीले २० जना आन्दोलित कर्मचारीलाई पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

अहिले केही बेरमा जिल्ला प्रशासन कार्यालय कास्कीमा आन्दोलित कर्मचारी, अस्पताल प्रशासन लगायतको रोहवरमा वार्ता डाकिएको जनाइएको छ । सोमबार बिहानैदेखी तनावग्रस्त बनेको मणिपाल अस्पताल अहिले भने सामान्य रहेको जनाइएको छ ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस :

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter