काठमाडौँ, चैत १९। कलाकार शंकर बिसीले अाफूमाथि जातीय विभेद भएको भन्दै प्रहरी सोमबार प्रहरीमा उजुरी दिएका छन् । केही संचारमाध्यम अाएको समाचारले अाफू र दलित समुदायको मानहानी भएको भन्दै कारवाहीको माग गरेका छन् ।

केही दिन पहिला केही मिडियामा अाएको समाचारलाई लिएर सामाजिक संजालमा गरिएको टिप्पणीले अाफू मात्रै नभएर दलित समुदायकै मानहानी भएकोले कारवाहीको माग निवेदनमा गरिएको छ । बिसीले दलित अगुवासँगै गएर कारवाहीको लागि निवेदन दिएका छन् ।

संचारकर्मी तथा दलित अगुवा सरु सुनारका अनुसार बिसीले टेकुस्थित महानगरिय अपराध महाशाखामा निवदेन दिएका हुन् । ‘शंकर बिसीलाई सिंगो दलित समुदायको अापमान गर्ने गरी टिप्पणी गरिएका छन्, बिसीले जातीय छुवाछुत कसुर एेन २०६८ अन्तरगत कारवाहीको लागि निवेदन दिनु भएको छ’ सरुले अनलाइन डबलीसँग भनिन् ।

मिडिया र सामाजिक संजालमा जातीय विभेद हुन गरी टिप्पणी गर्ने सात जनाविरुद्ध जाहेरी दिइएको छ । थप विवरण संकलन गर्ने काम भइरहेको सरुले जानकारी दिएकी छन् ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter