पोखरा,चैत १९ / पोखरा लेखनाथ शान्तिनगर चोकमा अवस्थित किसान जागरण बहुमुखी सहकारीद्वारा ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बुलौदी स्थित पुस्पलाल स्मृति पार्क परिसर सरसफाइ गरेको छ । पोखरा लेखनाथ ७ मा अवस्थित सहिद पुस्पलाल श्रेष्ठ स्मृति पार्कमा सहकारीको संचालक समिती, शेयर सदस्य, विभिन्न राजनैतिक पार्टीका प्रतिनिधि, स्थानीय समाजसेवी एवं स्थानीय-बासिको उल्लेख्य सहभागितामा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

वातावरण प्रदुषणको मुख्य कारण भनेको मानिस नै रहेको र यो प्रदुसित वातावरणबाट मुक्त हुनका निम्ति सरसफाइ हामी सबैको व्यक्तिगत, परिवारिर र सामाजिक उत्तदायित्व भित्र रहेको र आगामी दिनहरूमा समेत किसान जागरण बहुमुखी सहकारीले केवल ब्यक्ती मात्र नभई सिङ्गो मुलुकलाइ नै परिवर्तनको बाटोमा लैजान अग्रसर रहने कुरा कार्यक्रमको संयोजक एवं किसान जागरण बहुमुखी सहकारीका वातावरण तथा स्वास्थ्य उप-समितिका संयोजक दिपक कार्किले बताए । कार्यक्रमको अध्यक्षता सङ्गै समुद्घाटन गर्दै कार्यक्रम संयोजक दिपक कार्किलाइ कुचो ४ थान, डस्ट्बिन ६ थान र झाडु कुचो ८ थान प्रदान गर्दै संचालक समितीका अध्यक्ष मोतिराम बरालले किसान जागरण सहकारीले बिल्कुलै सहकारीको मात्रै काम नगरी धनी, गरिब, किसान-मजदुर सबैलाइ जिवनस्तर उकास्न प्रेरणा र श्रोत बन्दै आएको र कार्यक्रमलाई भव्य र सफल बनाउनका निम्ति सहभागी सम्पुर्णप्रती आभार प्रकट व्यक्त गर्दै कार्यक्रमको समापन सङ्गै सहकारी दिवसको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन किसान जागरण बहुमुखी सहकारी संचालक समितिका सचिब शिव बरालले गरेका थिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter