विभागिय टोली नेपाल आर्मी बिरुद्ध आयोजक अपाङ्ग खेलकुद समिती कास्की बिच भोलि दोश्रो सेमिफाईनल खेल हुने भएको आयोजक समिति कास्कीका अध्यक्ष भरत बिक्रम बानियाले बताए । उनका अनुसार बुधबार सेमिफाईनल सहित तेश्रो स्थानको लागि र फाईनल खेलसंगै प्रतियोगिता समापन हुने भएको छ । उद्घाटन खेलमा भने आयोजक समितिले नेपालगन्ज ह्विल चियर खेलकुद संघलाई शुन्यको बिरुद्ध १८ स्कोरले पराजित गरेको हो ।

अपाङ्ग खेलकुद समिती कास्की र स्वावलम्वन जीबन पद्धती केन्द्रको संयुक्त आयोजनामा पोखरा रंगशालाको बास्केटबल कोर्टमा संचालन भएको उक्त प्रतियोगितामा ६ टिमको सहभागिता रहेकोे समिती कास्कीका अध्यक्ष बानियाले बताए । गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिजको मुख्य प्रायोजनमा रहेकोे उ्रक्त प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने टिमले क्रमश नगद ४०, २५ र १५ हजारका साथमा ट्रफी र मेडल प्राप्त गर्ने छन ।

यसैबिच प्रदेश नम्बर ४ का भौतिक पुर्वाधार तथा निमार्ण मन्त्री रामशरण बस्नेतले उक्त प्रतियोगिताको उद्घाटन गर्दै अब वन्ने सम्पुर्ण भवन तथा सरकारी कार्यालयहरु अनिवार्य रुपमा अपाङग मैत्रि बनाउने बताए । उनले हरेक भवन निमार्णको पुर्व डिजाईनमै अपाङग मैत्रि हुने गरी डिजाईन गर्न निर्देशन समेत दिए । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरा रंगशालामा निमार्ण हुने सवै भौतिक संरचनामा अपाङगता भएका व्यक्तिहरुको पहुचको लागि अपाङग मैत्रि बनाउने दाबी गरे ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter