चैत २१, काठमाडौं । प्रमुख तीन विद्यार्थी संगठनहरुले चर्को शुल्क लिने निजी विद्यालयहरु विरुद्ध उजुरी हाल्न अभिभावकहरुलाई आह्वान गरेका छन् । उनीहरुले तत्काल शिक्षा ऐनमा दशौं संशोधन ल्याउन पनि माग गरेका छन् ।

मंगलबार राति अखिल क्रान्तिकारी, अनेरास्ववियु र नेविसंघको संयुक्त बैठक बसेको थियो । क्रान्तिकारीको कार्यालय बागबजारमा बसेको बैठकले संघर्षका नयाँ कार्यक्रमहरु घोषणा गरेको छ ।

बैठकपछि जारी  संयुक्त विज्ञप्तिअनुसार शिक्षा ऐनको नवौं संशोधन खारेज गर्दै दशौं संशोधन पेश गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बुधबार ज्ञापनपत्र बुझाइने छ । २३ गते दशौं संशोधनको आवश्यकताको विषयमा सरोकारवाला सम्मिलित बृहत् अन्तर्क्रिया गर्ने र संघीय संसदका सबै सदस्यलाई ध्यानाकर्षण पत्र दिने कार्यक्रम पनि तय गरिएको छ ।

विद्यालय शुल्कको देशब्यापी अनुगमन गर्नका लागि सबै स्थानीय तहका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाउने र निजी विद्यालयको शुल्कवृद्धि सम्वन्धमा विद्यार्थी संगठनका केन्द्रीय कार्यालयमा अभिभावकहरुलाई उजुरी हाल्न सार्वजनिक अपिल गर्ने कार्यक्रम पनि तय गरिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

आगामी बजेटमा शिक्षामा २० प्रतिशत बजेट छुट्याउन पनि विद्यार्थी संगठनहरुले माग गरेका छन् ।

निरक्षरता उन्मुलन र सार्वजनिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि विशेष अभियान चलाउने, प्रमाणपत्र धितो राखी विद्यार्थीलाई यसै वर्षदेखि शैक्षिक ऋण उपलब्ध गराउन सरकारसँग माग गर्ने, त्रिभुवन विश्वविद्यालयको सेमेस्टर प्रणालीलाई ब्यवस्थित बनाउन प्रभावकारी कदम चाल्न माग गर्ने, विद्यार्थीको चापलाई मध्यनजर गरी पुनः प्रवेश परीक्षा गराउन माग गर्ने र पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजार अनुसार स्वचालित मूल्य निर्धारण प्रणालीलाई कडाइपूर्वक पालन गर्न माग गर्ने निर्णय पनि संयुक्त बैठकले गरेको छ ।

हेर्नुहोस् संयुक्त बैठकपछि जारी विज्ञप्ति

 

अनलाइन खबरबाट

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter