डा केयूर गौतम, अन्कोप्याथोलोजिष्ट सम्यक डाइग्नोष्टिक प्रालि

लीड बिना मानव जीवन संभव छैन । एक व्यक्तिलाई जीवनभरमा आधा टन लीड आवश्यक हुने अनुमान गरिएको छ । तर, शरीरमा चाहिने भन्दा बढी लीडको मात्रा भयो भने ठूलो हानी पु¥याउँछ । लीडको अत्याधिक उपभोगले विभिन्न रोग निम्त्याउँछ । सबैभन्दा बढी क्षति दिमागको विकासमा पु¥याउँछ । विशेष गरी बाल्यअवस्थामा लीड बढी भयो भने उक्त व्यक्ति मन्द बुद्धिको हुने बैज्ञानिकले प्रमाणित गरेका छन् । अर्थात् तेज दिमागवाला बन्नका लागि लीडको अत्याधिक मात्राले रोक्छ ।

लीडको ईतिहास
लीड सर्वप्रथम ६५ सय वर्ष अघि टर्कीमा देखिएको थियो । त्यो समय लीडबाट नेकलेस बनाइयो । लीडको उपयोगीता विभिन्न वस्तुका लागि हुने भएपछि रोमनहरुले यसको उत्खनन् गरे । उनीहरुले खानेपानीका पाइप, भाँडाकुँडा मात्रै बनाएनन्, खानेकुरमा समेत मिसाउन थाले । लीडको स्वाद गुलियो हुने भएकाले वाइनमा मिसाएर खान थालियो ।

लीडको यो अत्याधिक प्रयोग रोम साम्राज्यका लागि ठूलो घातक बन्यो । लीडले बुद्धिको विकासमा ठूलो असर पु¥याउने भएकाले त्यसपछिका पुस्ताको क्षमतामा ह्रास हुँदै गयो । एक समयपछि रोम साम्राज्यको नेतृत्व गर्न सक्ने, यसलाई विस्तार गर्ने र नयाँ तरिकाले सोच्न सक्ने व्यक्ति नै नभएपपछि अधोगतितिर लाग्यो । कुनै बेला कहलिएको रोम साम्राज्य ध्वस्त हुनुको कारणमध्य अहिले बैज्ञानिकहरु यसलाई पनि प्रमुख मान्न थालेका छन् ।

जब लीडको अत्याधिक उपभोगले बौद्धिक क्षमताको विकास हुन नदिने पत्ता लाग्यो, त्यसपछि विभिन्न देशलाई यसको प्रयोग घटाउन थाले । अमेरिकाले १९७० मै लीडको उपभोगका बारेमा जनचेतना फैलाउन थालेको पाइन्छ । पेट्रोलमा लीड मिसाइने गरिन्थ्यो पहिले । तर, पेट्रोलका कारण हावामा लीडको मात्रा धेरै हुने देखिएपछि यसलाई लीड फ्री गरियो । भारतमा सन् २००० देखि लीड फ्री पेट्रोल बेच्न थालिएकाले त्यसको लाभ नेपालले पनि उठाइरहेको छ । अमेरिकालाई हरेक वस्तुमा लीडको मात्रा घटाउन झन्डै २० वर्ष लाग्यो । विश्वका अन्य देशले पनि लीडको मात्रा घटाउन विशेष पहल गरिरहेका छन् । तर, नेपालमा भने यो विषय अझै नौलो छ, घटाउनका लागि पहल त परेको कुरा भयो ।

लीडको स्रोत
अहिले लीड धेरै भएको पेन्ट (घरमा लगाउने रंग) हो । नेपाली बजारमा पाउने पेन्टहरुमा लीडको मात्रा धेरै छ । भारत रकारले पेन्टमा लीडको मात्रा निर्धारण गरेपछि अत्याधिक लीडवाला पेन्ट नेपाली बजारमा प्रवेश गरेको थियो । किनभने नेपालमा लीड सम्बन्धि सर्वसाधरणमा चेतना र सरकारको कुनै नीति छैन ।  यसैगरी फलामको पाइपबाट खानेपानी आउने भएकाले त्यहाँ पनि लीड छ । फलामको धारामा लीड हुन्छ । मसला, पाउडर जस्ता उपभोगका सामग्रीमा पनि लीड मिसाइएको हुन्छ । किनभने यसले गह्रुंगोपना बढाउँछ ।

बालबालिकाका लागि बनाइएका रंगचंगी खेलौनामा पनि हानिकारक लीड हुन्छ । टोयहरु, प्लाष्टिकका पर्दाहरु, फुटसलको कृत्रिम घाँस, सेरोमिकका बुट्टामा पनि लीडको मात्रा उच्च हुन्छ । यसैगरी सबै प्रकारका ब्याट्रीमा लीडको प्रयोग हुन्छ ।

लीडको असर
लीड ३५ दिनसम्म ब्लडमा गएर बस्छ । त्यसपछि मसलमा जान्छ । किड्नी लिभरमा यो ४० दिनसम्म रहन्छ । अन्त्यमा हड्डीमा गएर यो स्टोर हुन्छ । तनाव भयो भने, प्रेसर बढ्दा, गर्भवती अवस्थामा, बच्चालाई दूध खुवाउँदा यो हड्डीबाट निस्केर शरीरमा फैलिन्छ र हानी गर्छ ।

विशेष गरी शरीरलाई पर्याप्त मात्रामा क्याल्सियम र आइरन प्राप्त गर्नबाट यसले रोक्छ । किनभने पहिल्यै स्टोर भएको लीडले क्याल्सियम र आइरनको ठाउँ लिइदिन्छ ।

लीडले किड्नीमा समस्या ल्याउने, हाइपर युरिसिमिया गराउने, युरिक एसिड बढाउने काम गर्छ । कहिलेकाहिँ युरिक एसिडको स्तर ९ देखि १० सम्म छ तर दुखेको छैन भने लीडका कारणले पनि हुन सक्छ ।

यसले दिमागको विकासका लागि चाहिने तत्वहरु रोकिदिएर ठूलो असर पु¥याउँछ । ब्लड र दिमागको बिचमा अनावश्यक तत्व नजाओस् भनेर केही अवरोधक हुन्छन्  । तर, लीडले आइरन र क्याल्सियमको आकार लिने भएकाले झुक्याएर दिमागमा पस्छ । आइरन र क्याल्सियम जस्तै बनेर शरीररको प्रणालीलाई झुक्याएर  लीड दिमागमा गइसकेको हुँदा  यी तत्वको अभाव हुन्छ र दिमागको बृद्धिविकासमा असर पु¥याउँछ ।

यसैगरी लीडको मात्रा धेरै हुँदा भिटामिन डी को कमी हुन्छ  । लीडकै कारण आइरनको मात्रा शरीरमा कम हुन्छ तर लीडका कारण आइरन दिए पनि नबढ्ने समस्या हुन्छ । लीड धेरै हुँदा एनिमिया हुने, पेट दुख्ने, फुल्ने लगायतका समस्या आउने देखिएको छ ।

जोखिममा बालबालिका

लीडले सबभन्दा ठूलो असर बुद्धिको विकासमा पु¥याउने भएकाले  जोखिममा बालबालिकाहरु नै छन् । दिमागको विकास हुने समयमा लीडको अत्याधिक मात्राले उनीहरुलाई कमजोर बनाइरहेको हुन्छ । उनीहरुमा जे देखेपनि टोक्ने बानी हुने हुनाले लीडको उपभोग धेरै गर्न सक्ने जोखिम हुन्छ ।

विशेष गरी नेपाल जस्तो लीडका हानीबारे चेतना नभएका मुलुकका बालबालिक सबभन्दा बढी जोखिममा छन् । लीडको मात्रो धेरै हुने पेन्टमा पहेंलो रंगको पर्छ । स्कुलका भित्ता र बसमा यसैको मात्रा बढी हुने, खेल्ने ठाउँमा पनि यही रंगको प्रयोग हुने भएकाले सचेत हुन जरुरी देखिएको छ । यसैगरी धेरै रंगबिरंगी खेलौना नेपाली बजारमा पाइन्छन् । त्यस्ता खेलौनामा पनि लीड हुन्छ र बच्चाले खेलौना टोक्नु सामान्य मानिन्छ । प्रयोग भइसकेका ब्याट्री लगायतका लीडयुक्त सामग्रीको उचित व्यवस्थापन नगरिने भएकाले सहजै बालबालिकाको पहुँचमा छन् ।

जोगिने उपाय
शरीरमा लीडको मात्रा घटाउने सबभन्दा प्रभावकारी जोगिने उपाय हो । त्यसैले कसैमा लीडको मात्रा धेरै देखियो भने कुन स्रोतबाट बढी लीड उसको शरीरमा गइरहेको छ, त्यो पत्ता लगाएर घटाउने गरिन्छ । यसबाहेक अन्य चिकित्सकीय विधीहरु पनि छन् । जसले शरीरमा लीडको प्रभाव घटाएर उपचार गरिन्छ ।

अन्त्यमा, नेपालमा अझै लीड प्रयोग, मात्रा र असरबारे कुनै सरकारी निकायले चासो दिएका छैनन् । तर, यसबारे चेतना भएकाहरुले गम्भीर रुपमा लिइरहेका छन् । बालबालिकाको मानसिक विकास कमजोर हुनुको कारण लीड अत्याधिक मात्रा त होइन भनेर जानकारी लिन थालिएको छैन । यस सम्बन्धि चासो र चिन्ता हुनेले नेपालमै जाँच गराएर जानकारी हासिल गरुन् र स्वास्थ्यमा आएका समस्या लीडकै कारणले भएनभएको जानकारी गराउन पाइयोस् भनेर हामीले पहल थालेका छौं । सम्यक डाइग्नोसिस प्रालिले लीडको मात्रा जाँच्ने सेवा नेपालबाटै दिन सुरु गरेको छ । लीड बारे जनचेतना फैलाउने, अध्ययन गर्र्ने योजना पनि बनाएका छौं ।http://swasthyakhabar.com/

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter