चैत्र-२६, पोखरा, पोखराको व्यस्त भागमा रहेको बिरौटा चोकमा सोमबार दिउसो आगो लाग्यो । चोकमै रहेको विजुलीको पोलमा सानो आगोको झिल्को लागे पछि स्थानीयले विधुत कार्यालयलाई फोन गरे ।आगो निभेन, वारी परिका केहि घरहरुमा बत्ति बलिरह्यो । स्थानीयहरुले आगो अझै बढ्ने संकेत पाएपछी आगोलागि सुरु भएको ३ मिनेट जतिमा दमकललाई फोन गरे ।

खबर गरेको करिब ३० मिनेट पछि महानगरपालिकाको दमकल पुग्यो । आगलागि जारि थियो, स्थानीयहरुले आगो निभाउने ससाना सामाग्रीहरुले आगो निभाउने प्रयास गरेका थिए तर आगो निभाउन सकेका थिएनन् । जब दमकल पुग्यो, सबैमा एउटा आश पलायो, लामो समय सम्म निरन्तर आगो लागेकाले स्थानीयहरु त्रसित थिएनै, तर अति लाजमर्दो अवस्था सृजना भयो, जब दमकलमा पानि थिएन । आगलागी निभाउन प्रयोग हुने अति संबेदनशील दमकल रित्तै पुगे पछी स्थानीयहरु लज्जित, आक्रोशित भए ।

पछी बोरिंगको खानेपानिको ट्यांकरबाट बाल्टीले पानि झिकेर स्थानीय र प्रहरी मिलेर आगो निभाए । दमकल प्रति स्थानीय आक्रोशित भएर आवाज उठाईरहेका थिए,  र दमकल र महानगरको लाजमर्दो अवस्थाप्रति आक्रोशित हुदैँ दमकलप्रति आक्रमणको प्रयास पनि गरे । प्रहरीले स्थानीयलाई रोक्दै दमकल जोगायो र दमकल फर्कियो । दमकल फर्किएको करिब १० मिनेट पछी घटनास्थलमा विधुत प्राधिकरणको टोलि आयो, उनिहरु प्रति पनि स्थानीय आक्रोशित नै देखिन्थे, तर केहि आक्रमण भने गरेनन् ।

पोखराको मुख्य भागमा रहेको बिरौटा चोकमा रहेको पोलमा आगलागी हुन्छ, समयमा दमकल आउदैन, आउछ पनि रित्तो, विधुत प्राधिकरण सबै घटनासेलाए पछी आउछ, । आज भएको यो लाजमर्दो घटनाको विरोध स्थानीयले शसक्त रुपमा गर्ने वताएका छन् । आगलागीले वरपररहेका अन्य घरहरुमा भने क्षति भएको छैन ।

हेर्नुहोस आगो लागेको र रित्तो दमकलको भिडियो  

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter