काठमाडौं, २६ चैत। वर्षभरी लगभग ओरालो बाटोमा देखिएको नेप्सेले एक वर्षमा ४ सय अंकले घटेको छ ।

गत वर्षको चैत अन्त्यमा १६७९ विन्दुमा रहेको नेप्से परिसूचक आइतबार १२९४ विन्दुमा छ ।  बर्षअन्त्य हुँन लाग्दा सेयर बजारमा हरियाली छाउन थालेको छ भने कारोबार रकममा पनि सुधार भइरहेको छ ।

एक विश्लेषकका अनुसार,‘पहिले जस्तो यसलाई चैतमसान्त कै प्रभाव भन्न मिल्दैन । संस्थाहरुबाट कत्तिको दरमा लाभांश आउन सक्छ बैशाखमा आउने वित्तीय विवरण हेरेरै मात्र आँकलन गर्न सकिनेछ ।’

बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी लगभग पुगिसकेकोले कत्तिको दरमा लाभांश आउनेछ भन्ने यकिन गर्न गाह्रो रहेकोले यसलाई चक्रिय प्रभाव भन्न नमिल्ने पनि उनले बताए ।

चैत मसान्त सकिएपछि कम्पनीहरुको तेस्रो त्रैमाशको वित्तीय विवरण प्रकाशित हुने गर्छ । यसैको आधारमा नाफा घाटाको प्रक्षेपण गर्न सकिने भएकोले पनि बजार बढ्ने अपेक्षामा चैत अन्त्य नहुँदै बजार बढ्ने गरेको देखिदै आएको छ ।
बैशाखपछि बजार बढ्न थाल्ने र मूल्य उच्च भइसक्ने कारण पस्न गाह्रो हुने मानिने गरिएको छ ।

यसलाई कतिपय लगानीकर्ताहरु चक्रिय प्रभावको रुपमा मान्ने गर्छन् । तर, यसपटक अन्य अवस्थाभन्दा फरक रहेकाले यसको ठुलो प्रभाव नपर्ने बताइएको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter