दुलेगौडा, चैत २३ । भुजिकोटको पर्यटकिय सम्भावाना प्रर्बद्धन गर्न शुक्लागण्डकीमा पहिलोपटक उकालो दौड प्रतियोगिता हुने भएको छ । नयाँ वर्ष २०७५ को अवसरमा भैरब युवा क्लब शुक्लागण्डकी २ को आयोजनामा प्रतियोगिता गर्न लागिएको हो । स्वास्थ्यका लागी दौडौँ, बिकासका लागी दौडौँ भुजिकोट,स्थानचोक,दगाम जाऔँ पर्यटन प्रर्बद्धनमा टेवा पु¥याऔँ भन्ने नाराकासाथ प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक खेम गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पृथ्वि राजमार्गको कोत्रेबाट सुरु हुने ६ किलोमिटर दुरीको दौड भुजिकोटको बाघ भैरव मन्दिरमा गएर सकिने गुरुङले बताए । पर्यटकिय सम्भावाना प्रचुर रहेको भुजिकोट, दगाम, स्थानथोक, मकवानपुर, राङदीझुप्राङको प्रचार गरी आन्तरिक र बाह्य पर्यटन प्रर्बद्धनका लागी दौडको आयोजना गरिएका हो,उनले भने ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम, द्धित्तिय र तृतिय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिनेछ । महिलातर्फ क्रमशः ५ हजार, ३ हजार र २ हजारको साथमा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष सहभागीको उमेर ३० बर्षमाथिको र महिला सहभागीको १८ बर्षमाथिको हुनुपर्नेछ । प्रतियोगितामा करिब १५० जनाको सहभागिता रहने अनुमान छ ।

भुजिकोटलाई प्रदेश नम्बर ४ कै नमुना पर्यटकिय क्षेत्र बनाउने शुक्लागण्डकी २ का वडाअध्यक्ष जगत बहादुर गुरुङले बताए । यहाँबाट देखिने हिमश्रृखंलाहरु जति अन्त कतैबाट देखिदैन । प्रचाप्रसार नभएर भुकिोट ओझेलामा परेको छ, उनले भने । भुजिकोटबाट माछापुच्छे«, अन्नपुर्ण, निलगिरी,धौलागिरी, मनास्लु, लमजुङ हिमाललगायतका थुप्रै हिमश्रृंखला देख्न सकिन्छ । यस्तै कास्कीको रुपाताल र बेगनासतालसँगै स्याङजा, गोरखा, लमजुङ जिल्लाको विभिन्न भुभागहरु प्रस्ट देखिन्छ । भुजिकोटका स्थानिय होमस्टे सञ्चालनको तयारीमा जुटेका छन् । मगर र गुरुङ समुदायको बसोबास रहेको भुजिकोटको कौरहा प्रचलित छ । भुजिकोटमा अवस्थित भ्युटावरबाट दृश्याअवलोकनका लागी दुर्विन निर्माण गर्ने योजना रहेको स्थानियहरु बताउछन् ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter