सभामुख कृष्णबहादुर महराले मंगलबार (२७ चैत्र) मा आफ्नो प्रमुख स्वकीय सचिव अर्जुन केसीलाई बनाए। महराले प्रमुख स्वकीय सचिव (पिए) बनाएका केसी अरु कोही नभएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ज्वाइँ हुन्।

सभामुख महराको प्रमुख स्वकीय सचिव बनाइएका केसी यसअघि अध्यक्ष प्रचण्डकै स्वकीय सचिव बन्ने चर्चा थियो। तर, आफ्नै ज्वाइँलाई स्वकीय सचिव बनाइँदा राम्रो सन्देश नजाने भएपनि उनको व्यवस्थापन सभामुख महराको प्रमुख स्वकीय सचिव बनाएर गरियो। केसी प्रचण्डकी जेठी छोरी स्व ज्ञानु दाहालका श्रीमान हुन्। चार बर्षअघि स्तन क्यान्सरबाट ज्ञानुको निधन भएपनि दोस्रो विहे नगरी बसेका उनी प्रचण्डका तीन ज्वाइँ मध्ये सबैभन्दा सरल र भलाद्मी मानिने भएपनि कुनै महत्वपूर्ण राजनीतिक जिम्मेवारी पाएका थिएनन्।

जेठा ज्वाइँ सागरमात्र होइन, माहिला ज्वाइँ अर्जुन पाठकको व्यवस्थापनपनि यसअघि माओवादीका एक मन्त्रीको स्वकीय सचिव बनाएर गरिएको थियो। केपी ओली पहिलो पटक प्रधानमन्त्री छँदा पाठकलाई आपूर्ति मन्त्री गणेशमान पुनको स्वकीय सचिव बनाइएको थियो। पाठक भरतपुर महानगरपालिकाकी मेयर रेण दाहालका पति हुन्। पाठकलाई औपचारिक नियुक्ति नदिइएपनि उनले पत्नी एबं महानगरप्रमुख दाहालकै स्वकीय सचिवको जस्तै भूमिका निर्वाह गरिरहेका छन्। तीन ज्वाइँमध्ये पाठक अलिक राजनीतिक मानिन्छन्।

कान्छी छोरी गंगा दाहालका पति जीवन आचार्य अघोषित रुपमा खानेपानी मन्त्री बिना मगरको पिएकै भूमिकामा छन्। कांग्रेस पृष्ठभूमिका भएपनि प्रचण्डकी कान्छी छोरीसँग विहे गरेपछि धेरै अवसर उनैले पाएका छन्। गत निर्वाचनमा उनी मोरङबाट प्रदेश सभाका प्रतिस्पर्धी थिए। औपचारिक रुपमा नै पिएको रुपमा नियुक्ति गर्दा नातावादको आरोप लाग्ने भएका कारण प्रचण्डका कान्छा ज्वाइँ आचार्यलाई अघोषित रुपमा मन्त्री मगरको पिएको जिम्मेवारी दिइएको हो।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter