धबार भारतको अग्रास्थिता कस्मिरी बजारको कोठीबाट पाँच जना नेपाली चेलीलाई माइती नेपालले मुक्त गराएको छ। माईतीनेपालको क्षेत्रीय कार्यालय नेपालगन्जबाट खटिएको टोलीले भारतको कास्मिरी बजारमा प्रियादीप नामकी भारतीय महिलाले सञ्चालक रहेको कोठीबाट चार जना भारतीय महिलासाहित नेपाली पाँच जनालाई उद्धार गरेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

उद्दार गरिएकामध्ये तीन नाबालिका रहेको माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख केशव कोइरालाले बताए। दुई महिनादेखिको लामो प्रयासपछि कोठीमा बेचीएका नेपाली चेली मुक्त गराउन सफल भएको उनको भनाइ छ।

‘हामीले धेरै लामो समयदेखि प्रयास गरिरहेका थियौं, पैसा दिएर त्यहीका नागरिकलाई कोठीमा पठाउने र सूचना प्राप्त गर्ने गर्यौं ,’उनले भने, ‘स्थानीय प्रहरी पनि कोठी सञ्चालकसँग मिलेकाले माथिल्लो तहको प्रहरीको सहयोग लिनुपयो, हामीले दुई महिनादेखि गरिरहेको मेहनतबाट बन्धक बनाएर यौनधन्दामा लगाइएका महिलालाई मुक्त गरायौं।’

निकै जोखिमपूर्ण तरिकाले सुरु भएको अप्रेशनमा २१ गते भारतीय प्रहरीको सहयोगमा साँझ पाँच बजेतिर कोठीमा छापामार्दा कोठी सञ्चालक प्रियादिप सहित ९ जना बन्धक महिलालाई मुक्त गराइएको हो । उद्दार गरिएका नेपाली चेली मध्ये दुई १८ वर्षीया र एक १७ वर्षीया र दुई जना २२ र २४ वर्षीया छन्।

कोइरालाका अनुसार उनीहरु दुईजना सिन्धुपाल्चोक, दुई नुवाकोट र एकजना धाधिङका छन् । उनीहरुलाई उद्दारपछि अहिले आग्रास्थित नारी निकेतनमा संरक्षण गरी राखिएको छ । कोठी सञ्चालक विरुद्ध त्यहीँकै सिभिल कोर्टमा मुद्दा दायर गरिएकाले मुद्दाको फैसला भएपछि मात्रै पुनस्र्थापनाका लागि नेपाल ल्याइने क्षेत्रीय प्रमुख कोइरालाको भनाइ छ।

यस्तै, अन्य महिलाहरु पनि किशोरावस्थामै पुगेका छन् । सिन्धुपाल्चोककै १८ वर्षिया एस–५३, १६ वर्षको उमेरमा, धाधिङकी २२ वर्षिया एन–५२ चार वर्षअघि, नुवाकोटकी १७ वर्षिया एन–५२ दुई वर्षअघि र १८ वर्षिया एन–५३ दुई वर्षअघि यौन धन्धामा लगाउन आग्राको कोठीमा पुयाएकी थिइन् । १५-१५ वर्षको उमेरमा पुयाइएका किशोरीहरुलाई जबरजस्ती यौन धन्धामा लगाउन नसालु पदार्थ सेवन गर्न लगाउने गरिएको पाइएको छ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter