पोखरा, १८ असार /
पोखरा आसपासका क्षेत्रहरुमा अविरल बर्षाका कारण बाढी पहिरोले मनाविय तथा भौतिक क्षति भएको र तत्काल उद्दारका लागी कठिनाई परेको भन्दै रोटर्याक्ट क्लब अफ पोखराले आपतकालीन अवस्थामा तत्काल उद्दारका लागि तयार रहेको भन्दै उद्दारका लागि खबर गर्न अनुरोध गरेको छ ।

RaC Logo

क्लबको १६ औ कार्यकालको पहिलो बैठकबाट निर्णय गरि २४ सै घण्टा जुनसुकै बेला पनि उद्दारको लागि तयार रहेको क्लबका अध्यक्ष तथा उद्दार टोलिका संयोजक सुदिप गुरुङले बताए ।
१५ देखि ३० जना सम्मको टोलि तत्काल उद्दारका लागि खटिने र कहिँ कुनै आपत बिपत परेमा क्लबको आधिकारिक सम्पर्क नं ९८०१३५४२४० अथवा अध्यक्ष सुदिप गुरुङ, ९८१५११९८९० र सचिव विश्वदर्शन पराजुली, ९८५६०५६०९८ मा सम्पर्क गरेर जानकारी दिन क्लबका प्रेसिडेन्ट इलेक्ट अनिष पालिखेले अनुरोध गरेका छन् ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter