पोखरा लेखनाथ -७, मासबार अवस्थित वडाको एक मात्र सामुदायिक विद्यालय श्रीकृष्ण माध्यमिक विद्यालयले यहि शैक्षिकसत्र २०७५ का लागि विद्यालयले आफ्नै निजि बस संचालनमा ल्याएको छ भने कक्षा नर्सरी, केजि अनि एकमा मन्टेश्वरी बिधीबाट कक्षा संचालन एवं विद्यालयबाट निशुल्क खाजाको व्यवस्था गर्ने भएको छ ।

विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष तेजनारायण अधिकारी, वडा नम्बर ७ का जनप्रतिनिधि एवं अध्यक्ष रामचन्द्र बराल, शिक्षक अभिभावक संघका अध्यक्ष सुर्य बहादुर कार्की, प्रधानाध्यापक केदारनाथ अधिकारी र विद्यालयका शिक्षक एव निर्माण समितिका सदस्य अनिल खड्काको विशेष पहल अनि सकृयतामा विद्यालयमा बसको व्यवस्था गरिएको छ । विद्यालयमा विशेषगरि घारिपाटन ७ मा रहेको अति निम्न वर्गका समुदायलाई गुणस्तरीय शिक्षा अनि सामाजिक दायित्व सङ्गै व्यवहारिक ज्ञानको बारेमा समेत सचेत गराइने र त्यस्ता खालका विद्यार्थीहरुलाइ लक्षित गरि यातायातको व्यवस्था गरिएको र कक्षा नर्सरी, केजि अनि एकमा अध्यन गर्ने सम्पुर्ण विद्यार्थीहरुलाइ निशुल्क, पौस्टिक आहार अनि शुद्ध र सफा खाजाको उचित व्यवस्था गरिएको कुरा विद्यालयका प्रधानाध्यापक केदारनाथ अधिकारिले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं बरिस्ठ समाजसेवी तेजनारायण अधिकारीले श्रीकृष्ण माध्यमिक विद्यालय सामुदायिक भएर पनि समाज रुपान्तरणको सम्बाहक बनेको अनि विद्यार्थीको शैक्षिक गुणस्तरमा कसैसँग कुनै पनि सम्झौता नगर्ने साथै विद्यालयलाइ आर्थिक, भौतिक एवं हरेक तवरबाट सहयोग गरि यो महाअभियानमा सरिक हुनका निम्ति सम्पुर्णलाई आग्रह गर्नुभएको छ ।

विद्यालयले कास्की जिल्ला भरिमै भर्ना अभियानको सुरुवात सर्वप्रथम गरेको थियो र यहि मिति २०७५ बैशाख २ गते प्रदेश नम्बर ४ का माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा दुइजना विद्यार्थीको अभिभाकत्व समेत ग्रहण गर्नुभएको थियो । विद्यालयमा गत वर्षमा ३५० विद्यार्थीहरु अध्यन गर्दथे भने यश बर्ष झन्डै १५० जना नयाँ विद्यार्थीहरु भर्ना भएका छन र करिब करिब ४५० देखि ५०० जना विद्यार्थीहरु यसै शैक्षिकसत्र देखि अध्यन गर्नसक्ने कुरा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष सुर्य बहादुर कार्किले बताए उनले अभिभावकहरुलाइ सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गरि गुणस्तरीय एवं व्यवहारिक शिक्षाको ज्ञान् लिन सक्ने समेतको बारेमा बताएका थिए ।

विद्यालयलाका सहायक प्रधानाध्यापक प्रमोद प्रसाद पौडेलले शैक्षिक र भौतिक सङ्गै सामाजिक अनि हरेक तवरबाट जुनसुकै समय र परिस्थितिमा भरपुर आफ्नो दक्षता अनि क्षमताले भ्याउने गरि निरन्तर साथ र सहयोग गर्नका निम्ति साथै विद्यार्थीको भविस्यलाई आत्मसात गर्दै अगि बढनुपर्ने कुरामा जोड दिएका थिए । विद्यालयलाइ परिवर्तन गर्नका निम्ति यातायात, खाजाको उचित व्यवस्था र गुणस्तरीय शिक्षा प्रदान गर्नका निम्ति सबैले आ-आफ्नो स्थानबाट पर्याप्त सहयोग सङ्गै सल्लाह र गुनासोलाई सुझावको रूपमा प्रस्तुत गरि समुदायमा मात्रै सिमित नगराइ विद्यालयलाइ निकट भविस्यमा कास्की जिल्ला र देशभरिमै उत्कृष्ट बनाउने लक्ष्य लिएर अगि बढेको कुरा विद्यालयका शिक्षक एवं प्रेस संयोजक अनिल खड्काले बताए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter