काठमाडौँ, ९ बैशाख । नेपाल शैक्षिक परामर्श संघ इक्यानको अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् । आज बिहान सम्पन्न भएको मतगणनामा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

शनिबार नयाँ नेतृत्व चयन गर्नका लागि इक्यानको १२ औँ साधारण सभाले अध्यक्षमा पाण्डे सहित १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कूल खसेको मतमध्ये ३४३ पाण्डेले १७७ मत पाए भने बस्नेतले १६५ मत पाएका छन् ।

यसैगरी उपाध्यक्षमा महेशबाबु तिमल्सिना , राजेन्द्र रिजाल र देवीदास भट्टराई र महासचिवमा पाण्डे समूहबाट शेषराज भट्टराई निर्वाचित भएका छन् ।

सचिवद्वयमा दीपकराज भुसाल र विक्रम केसी तथा कोषाध्यक्षमा गोविन्द अधिकारी र सह–कोषाध्यक्षमा निरुपमा महर्जन छन् । सदस्यहरुमा वासुदेव दाहाल, कर्णबहादुर गुरुङ, सुस्मा आचार्य, सुदन चौहान, बालकृष्ण बिके श्रेष्ठ, प्रकाश श्रेष्ठ, सुनिता श्रेष्ठ, यज्ञविलास पौडेल र प्रशान्त शाह विजय भएका छन् ।

इक्यानमा ५ जिल्ला शाखासहित करीब ५०० परामर्श केन्द्र आबद्ध छन् ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter