डोटी ,९ बैशाख। डोटी जिल्लाको शिखर नगरपालिका-३ मा शनिबार भएको जिप दुर्घटनामा घाइते भएकामध्ये थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिखर नगरपालिका-३ जोरागाउँकी ३५ बर्षिया झाकरी भुल र सोही ठाउँकी २८ बर्षिया धौली भुल रहेको छन् । धौलीको सेती अञ्चल अस्पतालमा र झाकरीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

योसँगै दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । कालागाढबाट मुडभरातर्फ जाँदै गरेको ग. १ ज ५२७५ नं.को जिप शिखरनगरपालीका ३ छाईपानीमा हिजो दुर्घटना भएको थियो । दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter