गर्भवती महिलाले स्वास्थ्य जाँच गराउँदा डाक्टरले ‘तपाईँको बच्चा ठाउँमा बसेको छैन’ भन्ने गर्छन् । यो कहिलेकाहीँ आमा र बच्चाको स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ । समान्यतया बच्चा पाठेघरमा हुर्किन्छ । तर, कहिलेकाहीँ बच्चा पाठेघरमा नबसी पाठेघरबाहिर बसिदिन्छ । पाठेघरबाहिर फ्यालोपियन ट्युब हुन्छ । धेरैजसो अवस्थामा पाठेघरबाहिर बस्ने बच्चा यही ट्युबमा बस्नेगर्छ । यसबाहेक बच्चा कहिलेकाहीँ अण्डकोष, ग्रिवा, पाठेघरबाहिर पेटमा पनि बस्नसक्छ ।

यो अवस्था किन खतरनाक ?

पाठेघरबाहिर रहेको गर्भ राम्ररी बढ्न सक्दैन र कुनै पनि बेला यो फुटेर महिलाको पेटमा रगत जम्नसक्छ । यस्तो अवस्थामा महिलाको ज्यानलाई नै खतरा हुनसक्छ ।
कारण
१. पाठेघरको पहिला संक्रमण भएर ट्युबमा क्षति भएको छ भने
२. ट्युबको पहिला शल्यक्रिया भएको छ भने
३. बाँझोपनको उपचारबाट गर्भ रहेको छ भने
४. पहिले पनि पाठेघर बाहिर गर्भ रहेको भए
५. कपर टीको प्रयोगले

लक्षणहरूः

१. महिनावारी रोकिने
२. पेट दुख्ने
३. योनीबाट रगत जाने
४. वाकवाक लाग्ने
५. बेहोस हुने

पत्ता लगाउन गर्नुपर्ने जाँचहरू

१. पिसाबको टेस्ट । यसले गर्व छ वा छैन भन्ने थाहा हुन्छ
२. पेटको भिडियो एक्सरे
३. रगतको एचसिजी हार्मोनको टेस्ट

उपचार

१. गर्भ फुटेको छ भने रगतको व्यवस्था गरी तुरुन्त शल्यक्रिया गर्नुपर्छ
२. गर्भ फुटेको छैन भने त्यसको आकार, बिरामीको अवस्था र टेस्ट रिपोर्ट हेरेर केही समय पर्खिन पनि सकिन्छ र औषधिबाट पनि उपचार गर्न सकिन्छ । मेथोट्रेक्जेट नामक औषधि प्रयोग गर्न सकिन्छ ।

महिलाहरूको गर्भावस्था आफैँमा जटिल प्रक्रिया हो किनभने यसमा दुई जीवनको सवाल हुन्छ, बच्चा र आमाको । त्यसकारण गर्भावस्थामा कम्तीमा तीन पटक (तीन तीन महिनाको फरकमा) चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter