काठमाडौं, ९ वैशाख । काम गर्ने सिलसिलामा युएई पुगेका १८५ नेपालीहरु स्थानीय कानूनको जानकारी अभावमा संयुक्त अरब इमिरेट्स (युएई) मा जेलको बास भोग्नुपरेको छ । मदिरापान सम्बन्धी नियमको उल्लंघन, ट्राफिक नियम उल्लंघन जस्ता स–साना गल्तीले नेपालीहरु युएईको जेलमा रहेकाछन् ।

करिब २ लाख २५ हजार नेपाली रहेको दुबईमा गत एक वर्षभित्र यस्ता कार्यमा जेल पर्ने संख्या दुईगुणा बढेको नेपाली दुतावासका द्वितीय सचिव कृष्ण अर्याल बताउँछन् । अर्यालका अनुसार युएईको जेलमा पर्ने नेपालीमध्ये ५१ प्रतिशत अवैध तवरले मदिरा प्रयोग गरेका कारण जेलमा पर्ने गरेका छन् । त्यसपछि अवैधानिक बसाइ, ट्राफिक नियम उल्लंघन, स्वीकृतीबिना काम गर्नु, कुटपिट, सम्पत्तीको क्षति, चोरी, डाँका र केहि हत्या तथा नसालु पदार्थको दुरुपयोग जस्ता अपराधको कारण जेल पर्ने गरेका छन् ।

अवुधावी स्थीत नेपाली दुतावासले यो अवस्था आउनुमा नेपाली कामदारमा सचेतनाको कमि नै प्रमुख भएको ठहर गरी १ महिने सचेतना कार्यक्रम शुरु गरेको छ । यस अभियानको पहिलो कार्यक्रम ५ हजार नेपाली कार्यरत मुसफ्फास्थित अवुधावी नेशनल होटल क्याम्पसमा आयोजना भएको छ । सो कार्यक्रममा युएईमा बसी साइबर सम्बन्धी अपराध गरेकाले एक नेपालीले जेलमा बसी ५ लाख दिराम जरिवाना तिरेको जानकारी पनि दिएका थिए ।

गत वर्ष करिब १०० जना मात्र जेल परेको भएपनि यो वर्ष १८५ जना परेको तथ्यांक पेश गर्दै अर्याल भन्छन्, ‘यो एक महिने कार्यक्रमको अवधिभरी नेपाली कामदारहरुलाई यो क्षेत्र मदिरापान निषेधित क्षेत्र भएकोले लाइसेन्स लिएर मात्र यसको प्रयोग गर्नुपर्ने नियमका विषयमा जानकारी दिन्छौं’ । नेपालीहरुलाई यस क्रममा ट्राफीक नियमको विषयमा पनि जानकारी दिइने उनले बताए । गल्फन्यूजबाट ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter