वैशाख १४ , पोखरा । कास्कीका ७ विद्यार्थी संगठनहरुले विद्यालय भर्ना शुल्क खारेजी लगायतका ४ बुँदे माग राख्दै पोखरा लेखनाथ महानगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैठौं, नयाँशक्ति विद्यार्थी युनियन, नेकपा निकट अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी संगठनले महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङलाई ज्ञापनपत्र बुझाएका हुन् ।

निजी स्कुलहरुले शिक्षा निर्देशिका विपरीत मनोमानी ढंगले शुल्क वृद्धि गरेकाले ती स्कुलाई कारबाही गरेर शुल्क फिर्ता गराउन विद्यार्थीहरुले मागगरेका छन् । विद्यार्थी संगठनहरुले मन्टेश्वरी स्कुलहरुले अनुमति बिना उपल्लो कक्षा सञ्चालन गरेको र चर्को शुल्क लिएको भन्दै अनुगमन गरी कारबाही गर्न माग गरेका छन् ।

पाठ्य पुस्तकदेखि खाजासम्ममा विद्यालयले सिण्डिकेट लगाएर कमिसन खाने गरेको आरोप लगाउँदै विद्यार्थीहरुले त्यस्ता प्रकाशक र व्यापारीलाई कारबाही गर्न पनि माग गरेको छ । त्यसैगरी सरकारी स्कुलको गुण्स्तर वृद्धि गरी निजीसरह बनाउन पनि उनीहरुले माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरपालिकाले शिक्षा नीति बनाएर पेश गरिसकेको बताउँदै त्यो अब प्रमाणीकरण मात्र हुन बाँकी रहेको बताइन् । शिक्षा नीति लागू भएपछि सबै विद्यालयमा अनुगमन गरी दोषीमाथी कारबाही गरिने उनले प्रतिवद्धता जनाइन् ।

महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख केदार आचार्यले आफूहरु भन्दा पनि प्याव्सन, एनप्याव्सन बलियो भएका कारण कारबाही गर्न नसकिएको गुनासो गरे ।

विद्यार्थी संगठनहरुका अनुसार महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले ज्ञापन पत्र बुझाउन विद्यार्थीहरुलाई विहान १० बजेको समय दिएका थिए । विद्यार्थीहरु १५ मिनेटअघि नै पुगेका थिए । तर ११ बजेसम्म नगरप्रमुख नआएपछि उपप्रमुखलाई ज्ञापनपत्र बुझाएर फर्किएका हुन् ।

ज्ञापन पत्र बुझाउनुअघि महानगरपालिका परिसरमा उनीहरुले केहीबेर नाराबाजीसमेत गरे ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter