पोखराको नाम भन्ने वितिकै संगीतको शहर भनेर चिनिएको छ । यस ठाउँ बाट धेरै कलाकारहरुको जन्म भएको छ । साना होस् या ठुला गित गाउने कलाकार हरु पोखरामा थुप्रै भेटिन्छन्, तेस्तै एक नाम हो अदिति शर्मा । अदिती शर्मा नाम पछिल्लो क्रममा पोखरामा सुनेकै नाममा पर्दछ । उनी पोखराको रामबजार की चेली हुन् । सानै देखि संगीतमा रुची राख्ने अदिती विधालयमा पनि संगीतमा कहिलै दोश्रो हुन जानिन्न् । शर्मालाई विध्यालयका गुरुहरुले संगीतमै तिम्रो भविष्य छ संगीत नछोड्नु भने पनि तेही शव्दलाई प्रेरणाको रुपमा लिएर शर्माले संगीत जीवनको सुरुवात गरिन ।

संगीत भने पछि हुरुक्कै हुने शर्मा संगीत सिक्न भनि पोखरामा रहेका  संगीतालय खोज्न भौतारिहिन अनि संगीत प्रशिक्षण कक्षा खोज्न लागिन् तेसै बेला पोखरामा रहेको जोजिजु म्युजिकमा संगीत सिक्न पुगिन शर्माले अनिल विश्वोकर्मा संग संगीत सिक्न थालिन । पोखरामा हुने गायन प्रतियोगिताले उनको मनलाई नै बदल्यो, संगीत प्रतियोगिता भन्ने वितिकै सहभागी हुन लागिन शर्मा पच्छिमांचलमा चर्चित रहेको विग एफ.एमले आयोजना गरेको पाचौं संस्करणको विग आइकनमा भाग लिन पुगिन र उत्कृष्ट २५ मा गएर बाहिरिहिन तर शर्माले हार मानिनन् छैठौं विग आइकनमा फेरी सहभागिता जनाइन छैठौं सस्करणको आइकनमा उत्कृष्ट पाँचौमा बाहिरिन पुगिन् तर संगीतमा निरन्तरता दिदै गईन ।

संगीत भने पछि हुरुक्कै हुने शर्मालाई संगीतप्रति झन् मोह जाग्दै गयो अनि सा रे गा म प ध नि सा…. सा नि ध प म ग रे सा सिकाउने विश्वोकर्माको सल्लाहमा उनि पोखरा र पोखरा आसपासमा चर्चित रहेको संगीतालय गुरुकुल म्युजिक अफ  स्कूलमा संगीत अध्यनका लागि पुगिन, चर्चित प्रशिक्षक तथा रचनाकार तिर्थराज पोख्रेलसंग संगीत सिक्दै आफ्नो संगीतिक यात्रा अगाडी बढाईरहिन्  ।

२०७२ सालमा लेखनाथमा महोत्सवमा १२ औ गण्डकी तारा भनेर प्रतियोगिता सुरु भयो  प्रतियोगिता भनेर थुप्रै संगीत प्रेमीहरु सहभागी थिए ति मध्ये एक  थिइन् अदिति शर्मा, शर्माले पनि आफ्नो सहभागिता दिईन, धेरै संघर्ष पछि अदिति शर्माले आफुलाई  सा रे गा म प ध नि सा…. सा नि ध प म ग रे सा भनेर सिकाउने अनिल विश्वोकर्मालाई तथा सम्पूर्ण सहभागीलाई उछिन्दै गण्डकी ताराको उपाधि आफ्नो पोल्टामा पारिन् ।

शर्मा विभिन्न वहाना बनाएर संगीतलाई पहिलो प्राथमिकता थानेर सांगीतिक यात्रामा हिडीरहिन संगीत विधामा लाग्नको लागि शर्मालाई सुरुमा त घरबाट सहयोग थिएन, घरमा साथीकोमा गए भनेर हिडेकी शर्माले १२ औ गण्डकी ताराको उपाधि जितेपछि घरमा स-परिवार छक्क परे, छोरीको खुशी साटासाट गरे “छोरीको रुची संगीतमा रहेछ , छोरीको संगीतमा भविष्य राम्रो रहेछ”  मलाई थाहा नै भएन, हामीले त पढाएर ठुलो मान्छे बनाउने सोचेका थियौ भन्छन् शर्माका बुवा लक्ष्मी प्रसाद सापकोटा उनले ५० हजार रुपैया नगद र विभिन्न पुरस्कार प्राप्त गरेकी थिइन् साथै उनले चर्चित संगितकार बसन्त सापकोटाको सहयोगमा एक चलचित्रमा पाश्र्व गायन गर्ने मौका समेत प्राप्त गरेकी थिइन् ।

गण्डकी तारा २०७२ को उपाधि जित्न सफल अदिति सानै उमेर बाट गायन क्षेत्रमा अगाडी थिइन् । गण्डकी ताराको उपाधि जितेपछि उनलाई गायन क्षेत्रमा अगाडी बढ्न झनै हौसला मिलेको छ , मेला महोत्सव तथा विविन्न कार्यक्रमहरुमा प्रस्तुती दिने र फुर्सदको समयमा आफ्नो गायन कलालाई अभ्यासका साथै आफ्ना श्रोताहरुलाई मनोरन्जन प्रदान गर्ने उदेश्यले आफ्नो फेसबुक फ्यान पेज तथा प्रोफाइल मार्फत लाइभ आउने गरेको शर्मा बताउछिन् । गीति एल्बमहरु सार्वजनिक गरेर भन्दा पनि म्युजिक भिडियोहरु सार्वजनिक गरेर युट्युब फेसबुक लगायत सामाजिक सञ्जालमा राख्दा धेरै श्रोताहरु माझ पुग्नेमा विश्वस्त रहेको शर्मा बताउछिन् ।

बाह्रौ लेखनाथ महोत्सवमा आयोजना गरिएको गण्डकी तारा २०७२ को विजेता अदिती शर्माको जितको खुशियालीमा विजय र्‍याली सहित अभिन्नदन तथा विजय उत्सव समेत गरिएको थियो । पोखरामा सङ्गीत सम्बन्धित कृयाशिल सस्था गुरुकुल प्रशिक्षण केन्द्र र सङ्गीत समाज नेपाल कास्कीको आयोजनामा भएको उक्त कार्यक्रम गण्डकी तारा २०७२ कि विजेता अदिती शर्मा र उपविजेता अनिल विक लाई सम्मान गरिएको थियो । यसरी लुकेर गायन विधामा अगाडी आएकी गायिका शर्माले नो डाउट र विश्वासमा अडेको छ यो संसार नामक २ वटा  गितहरु बजारमा ल्याएकी  छिन् । शर्माको अन्य गीतहरु रेकडिङमा रहेका छन् । यसरी संगीत प्रेमीहरुको लागि प्रेरणाको श्रोत बनेकी शर्माले प्रतिभा भएका कतिपय कलाकारहरु उचित स्थान नपाएर विदेश भौतारिरहेका छन् त कति डिप्रेशनको शिकार भईरहेका छन्, कला क्षेत्रमा अगाडी भए पनि स्थान नपाएर सेलाएका कलाकारहरुलाई हौसला तथा प्रस्फुटन गर्ने राज्यका निकाय तथा अन्य संघ-संस्थाको दाइतो रहेको बताउछिन्  । आफ्नो मन जता छ तेस्मा नलागे आफुले प्रगति गर्न नसकिने कुरा आफ्ना शुभचिन्तकहरु माझ ब्यक्त गर्छिन र आफ्नो छोरा-छोरीको प्रतिभालाई चिनेर तेस विधामा लाग्न दिन पनि सम्पूर्ण परिवारलाई अनुरोध गर्छिन ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter