वैशाख २०, पोखरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु )ले फेवातालमा मापदण्ड विपरीत बनाइएका संरचना भत्काउन र अतिक्रमित जमिन फिर्ता गर्न चेतावनी दिएको छ ।

अनेरास्ववियु कास्की क्याम्पस जिल्ला कमिटीले बिहीबार पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएको हो ।

अनेरास्ववियुले प्रदेश सरकार र महानगरपालिकालाई सर्वोच्च अदालतले दिएको आदेश अनुसार फेवातालमा मापदण्ड विपरीत बनाइएका संरचना भत्काउन र अतिक्रमित जमिन फिर्ता गरी तालको आयतन बढाउन माग गर्दै आफ्नो आग्रहलाई बेवास्ता गरी सम्बन्धित क्षेत्रले चासो नदिएमा अनेरास्ववियु आफै मैदानमा उत्रिने बताएको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter