पोखरा २१, बैशाख/ सिन्डिकेटको पक्षमा दबाब दिन यातयात व्यवसायीको सार्वजनिक सवारी साधन नगुडाएका कारण चार नम्बर प्रदेशको राजधानी पोखरालगायत अधिकांश जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरुले गाडी नचलाएपछि सुनसान भएको पोखराको ।

बन्दको असर पोखराको पर्यटकीय क्षेत्र लेकसाइड

छोटो तथा लामो दुरीका यातयातका साधन नचल्दा सर्वसाधारणले सास्ती पाएका छन् । कतिपय हिँडेरै गन्तव्यतर्फ लागेका छन् ।

 

aपृथ्वीराजमार्ग बस व्यवसायी समिति, पोखरा नगर बस, बिन्ध्यावासिनी बसलगायत समितिका सार्वजनिक सवारी साधन नचलेका हुन । सिन्डिकेटको विपक्षमा उत्रिएको बिन्ध्यवासिनी बस व्यवसायीसमेत आन्दोललाई साथ दिएको छ । पोखरा बजारमा ट्याक्सी पनि खासै चलेका छैनन् । पोखराबाट देशका विभिन्न स्थानमा जाने र बाहिरबाट यहाँ आउने सवारी साधन पनि आएका छैनन् ।
पोखराको न्युरोड
यसैबीच कास्कीका प्रमुख जिल्ला अधिकारी तारनाथ अधिकारीले सार्वजनिक यातयात अत्यावस्यक सेवा भित्र परेको र कुनै पनि बहानामा यसलाई रोक्न नहुने बताए । सेवा रोक्नेविरुद्ध अत्यावस्यक सेवा ऐन अन्तर्गत मुद्दा चलाउन प्रहरीले आवश्यक प्रक्रिया अघि बढाइसकेको उनले बताए ।
यसरी सेवा रोक्ने समितिको खारेजीदेखि रुट ईजाजतसमेत रोकिने र समितिका पदाधिकारीको हकमा व्यक्तिगत सम्पत्तिको छानबिनसमेत गरिने प्रजिअ अधिकारीको भनाई छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter