काठमाण्डु, २५ बैशाख – गृहमन्त्रालयको बढुवा सिफारिस समितिले १६ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको छ

नेपाल प्रहरीमा जनपथतर्फ प्रहरी नायब महानिरीक्षकमा (डिआईजी) बढुवा गर्न बसेको बढुवा समितिको बैठकले सोमबार गरेको निर्णय अनुसार १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।

प्रहरी नियमावली २०७१ संशोधनसहित को नियम २७ को उपनियम १४ अनुसार चैत २८ गतेदेखि रिक्त रहेका २३ डिआईजीमध्ये १६ को मात्र बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । बाँकि ७ डिआईजि पद भने खारेज भएको बुझिएको छ ।

बढुवा हुनेको सुची क्रमानुसार :

१. केदार रिजाल (७४.९९९३)
२. शेरबहादुर बस्नेत (७४.६१३२)
३. पिताम्बर अधिकारी (७४.०४९३)
४. दिपक कुमार थापा (७३.३०३२)
५. दिनेश अमात्य (७३.२५३१)
६. नारायण सिंह खड्का (७२.९८२६)
७. रबिन्द्र प्रसाद शर्मा (७२.६४२०)
८. कमल बहादुर जि.टि. (७२.४९९३)
९. महेन्द्र कुमार पोखरेल (७०.९५००)
१०. महेश बिक्रम शाह (७०.८२३३)
११. प्रेम चन्द (६९.५८८१)
१२. श्याम खड्का (६९..१९७७)
१३. दाङ सिंह बोहोरा (६९.०४९३)
१४. शुशील कुमार भण्डारी (६९.००३२)
१५. राम प्रसाद श्रेष्ठ (६८.९३२६)
१६. सुरज केसी (६८.६७०६)

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter