बैशाख २५,पोखरा/ कास्की जिल्ला भलिबल संघ र पोखरा लेखनाथ महानगरपालिकाको संयुक्त आयोजनामा पोखरामा बैशाख २६ देखि शुरु हुन लागेको प्रथम मेयर कप भलिवल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

प्रतियोगितामा पोखरा लेखनाथ महानगरपालिकाका विभिन्न वडाहरुले आ–आफ्नों टिम दर्ता गराइरहेका संघ कास्कीका अध्यक्ष भिम पराजुलीले जानकारी दिए । ‘केहि वडा बाँकि छन्, टिम दर्ता मिति आज अन्तिम दिन भएकाले साँझ सम्म महानगरका सम्पूर्ण वडा आइसक्ने अपेक्षा गरेका छौं’ पराजुलीले भने ।

प्रतियोगिताको औपचारिक उद्घाटन भने २७ गते महानगरका मेयर मानबहादुर जिसिले गर्ने बताइएको छ ।
प्रतियोगितामा प्रथम हुने वडाले नगद १ लाख सहित ट्रफि मेडल, द्वितिय हुने वडाले नगद ५० हजार सहित ट्रफि मेडल तथा तृतीय हुने वडाले नगद २५ हजार सहित ट्रफि मेडल पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृट खेलाडी, उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, सर्भर र क्विकरलाई पनि पुरस्कृत गरिने प्रतियोगिता संयोजक कुमार गुरुङ्गले जानकारी दिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter