काठमाडौँ– नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल जेठ १ गते २८ वर्ष पूरा हुँदैछ । यसै सन्दर्भमा संघका अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले आफ्नो स्थापना दिवसको अवसर पारेर काठमाडौंमा ऐतिहासिक तथा भव्य कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ।

संघका संस्थापक अध्यक्ष तथा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख आतिथिको रूपमा तथा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायतले अतिथिको रूपमा राजधानीको राष्ट्रिय सभागृहमा हुने स्थापना दिवस सम्वन्धि विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ। संघले पदाधिकारी बैठकबाट स्थापना दिवस मूल समारोह समिती समेत गठन गरि तयारीलाई तिब्रताका साथ अगाडि बढाई सकेको छ ।

उक्त समितिको संयोजकमा वरीष्ठ उपाध्यक्ष किरण पौडेल रहेका छन् । संघले काठमाडौं, भक्तपुर, ललितपुर लगायत उपत्यका वरिपरिका जिल्लाहरुबाट व्यापक युवाहरूको सहभागिता गराउन जिल्ला केन्द्रित जनपरिचालन समितीहरू समेत गठन गरेको छ । राजधानी काठमण्डौका निम्ति संघका उपाध्यक्ष परशुराम वस्नेतको संयोजकत्वमा जनपरिचालन समिति गठन गरिएको छ। समितीको सह–संयोजकमा केन्द्रीय सचिवद्वय क्षितिज थेवे र पूर्ण लामा रहेका छन् ।

यस्तै सदस्यहरुमा निरेशलाल सिंह, प्रकाश गौतम, नीतेश पौडेल लगायत काठमाडौँका सबै केन्द्रीय सदस्य, जिल्ला तथा क्षेत्रीय अध्यक्षहरु रहेका छन् । जन परिचालनको योजनाका लागि सो कमिटीको बिशेष बैठक बानेश्वरमा वैशाख २७ गते २ बजे बस्ने बताइएको छ । उक्त जनपरिचालन कमिटीको बैठकले विभिन्न भेला, गोष्ठीको आयोजना गर्दै स्थापना दिवसको व्यापक तयारी तथा प्रचार प्रसार गर्ने योजना बनाएको सहसंयोजक पुर्ण लामाले जानकारी दिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter