वैशाख, २५ पोखरा । नेपाल भरका करीव ३० हजार स्वास्थ्यकर्मीको चार महिनाबाट तलब भत्ता रोकिएको भन्दै चाडो उपलव्ध गराउन माग गरेका छन् । गत माघ महिनाबाट पाउनुपर्ने तलब भत्ता चार महिनासम्म पनि उपलव्ध नभएको भन्दै नेपाल स्वास्थ्यकर्मी युनियनले सरकारसंग माग गरेको हो ।

यूूनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले कर्मचारीले चार महिनासम्म पनि तलव भत्ता पाउन नसकेको भन्दै सरकारललाई तुरुन्त यसको व्यबस्था गर्न आग्रह गरेका हुन ।

साथै उनले अन्य सरकारी निकाय भन्दा स्वास्थ्य क्षेत्र निकै भिन्न रहेको भन्दै तीन वटै तहमा आवश्यक स्वास्थ्यकमी व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेका छन । साथै उनले कर्मचारीको सहि व्यवस्थापन हुन नसक्दा करिव ४ हजार स्थानिय तहमा स्वास्थ्यकर्मीको अभाव भइरहेको पनि जानकारी दिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter