पोखरा, २६ बैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका लागि बनाइएको स्वागतद्धार बुधबार बिहान आएको हावाहुरीले भताभुंग बनाइदिएको छ ।

हुरीले किसानको फलफूल तथा तरकारी खेतीसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि तयार पारिएका स्वागतद्धारसम्ममा क्षति पुर्‍याएको छ ।

मोदीको स्वागतका निम्ति जनकपुर क्षेत्रमा बनाइएका स्वागतद्वारहरु आँधी र हुरीले ढलेका छन् ।

मिहिनेतपूर्वक जानकी मन्दिर र त्यहाँ आउने सडकका विभिन्न भागमा ठड्याइएका प्रवेशद्धार बुधबार बिहान साढे ३ बजेतिर आएको हावा–हुरीले ढालिदिएको हो ।

हावाहुरीसँगै आएको पानीले रगभूमि मैदानमा पानी जमेको छ । यसले भ्रमण तयारीमा केही असुविधा पुग्ने ठानिएको छ । मोदी पर्सि अर्थात् वैशाख २८ गते जनकपुर आउँदैछन् ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter