पोखरा,२७ बैशाख/ गीत गाएर केही समय देखी निक्कै भाईरल भएका सानो गायक अशोक दर्जीको स्वरमा ‘मन बिनाको धन ठूलो की धन बिनाको मन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ आज बुधबार सार्वजनिक भएको हो । काठमाडौँको पुतलीसडकस्थित ‘स्टुडियो नाइन’मा आयोजना गरिएको विशेष कार्यक्रममा उक्त गीतको म्युजिक भिडियो रिलिज गरिएको हो ।

बि राज नेपालको शब्द तथा टंक बुढाथोकीको संगीत रहेको गीतमा बालगायक दर्जीलाई संगीतकार स्वयम् आफैले गायनमा साथ दिएका छन् । म्युजिक भिडियोमा दर्जी र बुढाथोकीको अभिनय रहेको छ ।

बालगायक दर्जी गीत रिलिज गर्नकै लागि झापाबाट प्लेन चढेर काठमाडौं आएका थिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter