बैशाख-२६, पोखरा / लामो समय देखि अवरुद्द रहेको पोखरा स्थित पृथ्वीनारायण क्याम्पसको पठनपाठन भोलि देखि सुचारु हुने भएको छ । गत वैसाख १६ गते देखि विभिन्न विषयमा आफ्नो पेशागत हकको प्रयोगका लागि क्याम्पसमा कार्यरत आंशिक शिक्षक हरुले चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।

स्थायी नियुक्तिको माग गर्दै क्याम्पसमा कार्यरत अस्थाई शिक्षक हरुले आन्दोलन गरेर सम्पूर्ण कक्षा हरु बहिस्कार गर्दै आएका थिए । यसैबीच बुधबार बसेको आन्दोलनरत शिक्षक समूह र क्याम्पस प्रशासन विचको बार्ता पश्चात सहमति भएको छ ।

लामो समय देखि अवरूद्द पठनपाठन तत्काल सुचारु गर्न दुवै आन्दोलनरत शिक्षक समूह र क्याम्पस प्रशासन लाई कडा चेतावनी दिदै कडा आन्दोलनको चेतावनी दिएको अनेरास्ववियुले सम्पूर्ण कक्षा बहिस्कार गर्ने चेतावनी सहित तत्काल समस्या हाल गराऊन माग गरेको र त्यसैको फल सवरूप बुधबार क्याम्पस प्रशासनले आन्दोलनरत अस्थाई शिक्षकहरु संग बार्ता गरे पश्चात, क्याम्पस प्रशासनले आन्दोलनरत शिक्षक समुहको मागलाई सम्बोधन गर्नका निम्ति त्रि.वि सेवा आयोग, उपकुलपति, रजिस्टार लगायतको कार्यालयमा दरवन्दी थप सहितको माग सहितको निवेदन पेश गर्ने, आन्दोलनरत शिक्षक समूह र क्याम्पस प्रशासन संयुक्त रुपमा आन्दोलनका मागहरुको पक्षमा डेलिगेसन जाने सर्तमा भोलि देखि पठनपाठन निरन्तर सुचारु हुने सहमति भएको अनेरास्ववियु क्याम्पस जिल्ला कमिटि अध्यक्ष विवेक देवकोटाले जनाए ।

उनले विद्यार्थीको भविष्यमाथि नै खेलवाड गर्दै, जिम्मेवार शिक्षकले नै आन्दोलन गरेको र क्याम्पस प्रशासन टुलुटुलु हेरेर बसेको अवस्थामा दुवै पक्षलाई कडा आन्दोलनको चेतावनी दिएको र बुधबार बार्ता मार्फत सहमति भएको बताए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter