इटहरी । दुहबी नगरपालिकामा एक काग्रेस नेताले सार्वजनिक जग्गा बिक्री गरिदिएका छन । दुहबी ८ स्थित सोनापुर बजारमा रहेको तिन धुर (ऐलनी) जग्गा तत्कालिन काग्रेस सोनापुर गाबिसका पूर्व सभापति अशोक केसी (खड्क बहादुर कटेल) ले १५ लाखमा बिक्री गरेका हुन । राजमार्गको पूर्व अरिहन्त जुट मिल नजिक नजिक रहेको तिन धुर जग्गा स्थानिय श्रवण साहलाई बिक्री गरिदिएका हुन ।

साहले पसल सञ्चालन गर्नका लागि घर सहितको जमिन केसी मार्फत १५ लाखमा खरिद गर्ने कागजी सहमति गरेका थिए । जसमा बैना स्वरुप केसीले साहसँग पाँच लाख नगद लिइसकेका छन । ५ लाख लिएर पनि उक्त घरमा व्यवसाय संञ्चालन गर्न रोकेपछि केसीसँग साहले आफनो पैसा फिता मागेका थिए । साहले आफनो रकम फिर्ता गरिदिन केसी बिरुद्ध दुहबी नगरपालिकामा रहेको न्यायिक समितिमा निवेदन समेत दिएका छन । साहले दुवै पक्षबिच भएको कागज सहित समितिमा एक हप्ता अघि निवेदन दिएका हुन ।

पैसा माग गर्दा केसीले एक महिनादेखि झुलाएको र धम्की दिने गरेको साहको भनाई छ । केसीले पैसा फिर्ता दिन नसक्ने र सोही घर र जमिन लिनलाई थप १० लाख बुझाउन आफुलाई भनेको साहले बताए । सार्वजनिक जग्गा बिक्री गरेको बिषयमा काग्रेस नेता केसीले बैना लिएको रकम एक महिना भित्र फिर्ता गर्ने बताए । उक्त जमिन आमाले पहिलेदेखि भोगचलन गदै आइरहेको उनको दाबी छ । दुवै पक्षबिच २०७४ फागुन २२ गते मितिको लिखितम कागज गरिएको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter