पोखरा, २७ बैशाख। पछिल्लो समय साँगितिक बजारमा एकपछि अर्को लगातार नृत्यपरक तर फरक शैलीका स्वादमा फरकपनसहित गीतसंगीत दिँदै आएको टिम ‘डश म्युजिक’ र चाम्लिङ इन्टरटेइन्टमेन्टले फेरि पनि सबैलाई नचाउन नयाँपनको गीत लिएर आएको छ ।

सबैको मन जित्ने खालको नयाँ गीत ‘फास्ट–फास्ट’ कल्पना बोलको डान्सिङ बिटको गीतको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गर्दै नायीका प्रियंका कार्की र सुनिल क्षेत्रीको साथमा नेपाली ठिटोलाई प्रस्तुत गरेको छ ।

गायक शंकर थापा ‘स्माईल’ र गायीका सुमि चाम्लिङ राईको स्वरले भरिएको यो गीतमा पछिल्लो समयका व्यस्त गीतकार डि.पी. खनालको शब्द रचना रहेको छ भने प्रतिभाशाली संगीतकार एवं गायक शंकर थापा ‘स्माईल’को संगीत रहेको छ । त्यस्तै पछिल्लो समय फरकपन भित्र्याउन सफल संगीत संयोजक उदयराज पौडेल को संगीत संयोजन रहेको छ ।

फास्ट फास्टमा अहिलेकी चर्चित नायिका तथा हालै एपीवान टेलिभिजनमार्फत प्रशारित रियालिटी शो “बुगिबुगी”कि निर्णायक प्रियंका कार्की र भारतीय टेलिभिजन शो डिआईडीबाट आफूलाई चिनाउन सफल कोरियोग्राफर तथा निर्देशक सुनिल क्षेत्रीको साथमा डान्स ग्रुप ‘नेपाली ठिटोज’ को धमाकेदार नृत्य तथा अभिनय रहेको छ ।

म्यूजिक भिडियोलाई अनिल कुमार मानन्धरले खिचेका छन् भने विकास ज्ञवालीले सम्पादन गरेका छन् । सुनिल क्षेत्रीकै कोरियोग्राफी र निर्देशन रहेको यस गीतको अडियो भिडियो डश म्युजिक नेपाल र चाम्लिङ ईन्टेरटेईन्मेन्टको सहकार्यमा प्रकाशन गरिएको हो ।

भिडियो

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter