काठमाडौं,भदौं २० – निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले भरतपुर–पोखरा उडान भर्ने भएको छ । पोखरालाई चितवनको पर्यटकीय क्षेत्र सौराहासहित अर्को गन्तव्य लुम्बिनी जोड्ने गरी भदौ ३० गते देखि उठान सुरु गर्ने लागेको हो । चितवन र पोखार भ्रमण गर्ने पर्यटकको सहजताका लागि भरतपुर–पोखरा, भरतपुर उडान भर्न लागिएको वुद्ध एयरले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डमा हुने गरेको अवरोध र मानविय क्षतीका कारण पनि बुद्धले यो उडान सुरु गर्ने घोषणा गरेको हो । क्षेत्रिय विमानस्थलबाट मुलुकका अन्य क्षेत्रमा उडान भर्ने गरेको भएपनि एक शहरवाट अर्को शहरमा भने यो वुद्धको पहिलो उडान हो । यो उडानमा एक तर्फी भाडा ३ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ । यात्रुले यो उडानमा वाई क्लासमा २५ किलो, ए र बी क्लासमा २० किलो, सि, डी र ई क्लासमा १५ किलो लगेज सेवा पाउनेछन् ।

 

बुद्ध एयर भरतपुरमा प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार बिहान १० बजे पोखराबाट भरतपुरका लागि जहाज उड्ने र १०ः३० बजे भरतपुरबाट पोखरा उड्ने छ । बुद्ध एयरले बिचक्राफ्ट सञ्चालन गर्दैछ जसमा १८ यात्रु अट्ने छन् । भाडादर एकतर्फी तीन हजार ६०० कायम गरिएको बस्नेतले बताए ।

पोखरा–भरतपुर हवाई सेवा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकका कारण आउन नचाहेका पर्यटक भित्र्याउन सकिने व्यवसायीको अपेक्षा छ । चितवनमा कास्की, बागलुङ, तनहुँ, पर्वतलगायत जिल्लाबाट बसाइँसराइ गरी आउने र व्यवसाय गर्नेको संख्या बढी भएकाले उडानलाई व्यावसायिक सफलता मिल्ने अपेक्षा गरिएको छ । बस्नेतले निरन्तर उडानका लागि आवश्यक प्रचार र सहयोगको खाँचो हुने बताए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter