काठमाडौं, १० जेठ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो बैठक बिहीबार बस्ने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि पहिलो बैठक बस्न लागेको हो ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्न लागेको हो । पहिलो बैठक भएकाले विधि र प्रक्रियामा छलफल हुने एक नेताले बताए ।

पार्टी एकीकृत भएपछि पहिलो बैठक भएका हुनाले पार्टी सञ्चालन विधि, एकीकरणको उद्देश्य लगायतका विषयमा अध्यक्षद्वयले ब्रिफिङ गर्ने छन् ।

पहिलो बैठक भएका हुनाले परिचय भेटघाट र पार्टीका अध्यक्षबाट केही निर्देशन आउने बताइएको छ । नेकपा संसदीय दलको बैठक जेठ ८ गते बसेको थियो ।

जेठ ३ गते घोषणा भएको नेकपाको कार्य समिति ४४१ सदस्यीय रहेको छ । त्यसमा ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय रहेको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter