काठमाण्डौ, १० जेठ / राष्ट्रकवि माधव घिमिरेको थप उपचार भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा हुने भएको छ । पछिल्लो १३ दिनदेखि काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार गराइरहेका घिमिरेको आन्तरिक रक्तश्राव नरोकिएपछि थप उपचारका लागि हिजो मेदान्त लगिएको हो ।

९९ सय वर्षीय राष्ट्रकवि घिमिरेको दिसामा रगत देखिएपछि ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । परिक्षणका क्रममा आन्तरिक रक्तश्राव भएको ठाँउ पत्ता नलागेकाले उनलाई थप उपचारका लागि दिल्लीको मेदान्त लैजान चिकिसकहरुले परिवारलाई सुझाएका थिए ।

राष्ट्रकवि घिमिरेको आगामी असोज ७ मा १०० औं जन्मउत्सव भव्य रुपमा मनाउने तयारी भइरहेको छ । गौरी खण्डकाव्यका कारण नेपाली जनजीव्रोमा सर्वाधिक रुचाइएका राष्ट्रकवि घिमिरेका सयौं गीतहरु संगीतवद्ध भएका छन् । राष्ट्रभाव र देशभक्तीका उनका अधिकांश गीतहरु लोकप्रिय छन् ।

राष्ट्रकविको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ ।

 

कान्तिपुरबाट

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter