विराटनगर, ८ जेठ / सुन तस्करी र त्यससँग सम्बन्धित सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई मोरङ जिल्ला अदालतमा पेश गरिएको छ ।

मंगलबार काठमाडौंबाट पक्राउ गरी मोरङ पुर्‍याइएका गोरेलाई अपराह्न जिल्ला अदालतमा पेश गरिएको हो ।

गोरेलाई अदालतमा पेश गर्ने क्रममा सनमका परिवारले उनीविरुद्ध नाराबाजी गरेका छन् ।

‘गोरेलाई फाँसी दे’ भन्दै सनमका परिवार र आफन्तले नाराबाजी गरेका हुन् ।

तस्करीको साढे ३३ किलो सुन हराएको भन्दै गोरेले यातना दिने क्रममा सनमको मृत्यु भएको थियो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter