१९, असोज, काठमान्डौ
नेपाल प्रहरीका पुर्व डी.आई.जी. नवराज सिलवाल नेकपा एमाले प्रवेश गर्ने भएका छन् । भोलि असोज २० गते नेकपा एमाले जिल्ला कमिटी काठमाडौ द्धारा आयोजना गरिने पार्टी प्रबेश कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपि ओलिको हात बाट टीका लगाएर पुर्व प्रहरी नायब महानिरिक्षक नबराज सिलवाल नेकपा एमाले प्रबेश गर्दै छन् ।
भोलि बिहान ११ बजे बुद्द्नगर स्थित क्वालिटि पार्टी प्यालेसमा पार्टी प्रवेश कार्यक्रम रहेको अनेरास्ववियुका महासचिव ऐन महरले आफ्नो फेसबुक वाल मार्फत जानकारी दिएका छन् !