काठमाडौं । वाम गठबन्धनले तीनदिनभित्र कुन क्षेत्रमा कुन पार्टीको उमेदवार भन्ने टुंगो लगाउने भएको छ ।

बिहीबार सिँहदरबारमा बसेका दुईवटै कार्यदलको बैठकमा क्षेत्र निर्धारण कार्यदलले ३ दिनभित्र क्षेत्र टुंगो लगाउने निष्कर्ष निकालेको हो ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनमा आवद्ध सबै राजनीतिक दलको हैसियतअनुसार क्षेत्र तय गर्ने र बाँकी रहेका मध्ये ६० प्रतिशत एमाले र ४० प्रतिशत माओवादी केन्द्रले उमेदवारी दिनेछन् ।

प्रत्यक्षतर्फको उमेदवार छनोटका लागि गठित कार्यदल र चुनावी घोषणा पत्र मस्यौदा कार्यदलको बिहीबार बसेको संयुक्त बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि ३ दिन भित्र उमेदवार चयन गर्न क्षेत्र निर्धारणको काम सन्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकमा चुनावी घोषणा पत्र मस्यौदा निर्माणको काम ७ भित्र सम्पन्न गर्ने सहमति पनि भएको छ । बुधबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले एमाले महासचिव इश्वर पोखरेलको नेतृत्वमा गठन गरेको कार्य दललाई प्रत्यक्षतर्फको उमेदवार सिफारिस गर्ने कार्यादेश दिएको थियो भने बामदेव गौतम नेतृत्वको नेतृत्वमा कार्य दल गठन गरी चुनावी घोषणा पत्र मस्यौदा बनाउने जिम्मेवारी दिएको थियो ।

चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति गरेका ३ दलले प्रत्यक्षतर्फको उमेदवार बनाउँदा एमालेलाई ६० प्रतिशत र माओवादी केन्द्रलाई ४० प्रतिशत दिने सहमति गरिएको छ ।

सोही सहमतिलाई मुख्य आधार बनाएर उमेदवार चयनका लागि क्षेत्र निर्धारण गर्ने सहमति भएको नयाँ शक्ति पार्टी, नेपालका नेता गंगा श्रेष्ठले जानकारी दिए ।

उनले संविधानसभा निर्वाचन र हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामलाई पनि उेमदवार चयनका लागि क्षेत्र निर्धारण गर्दा आधार बनाउन सकिने पनि स्पष्ट पारे ।
त्यसैगरी आर्थिक समृद्धिलाई मुख्य आधार बनाएर चुनावी घोषणा पत्र मस्यौदा तयार पार्ने निर्णय पनि गरिएको छ ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उमेदवार चयन र चुनावी घोषणा पत्र निर्माणको काम तत्काल टुंगो लगाउन निर्देशन दिएको एमाले नेता गौतमले जानकारी दिए ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी, नेपालले मंगलबार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरेर जाने र पार्टी एकीकरण गर्ने सहमति गरेका थिए ।

सोही सहमति अनुसारको काम अघि बढाउन ३ दलको संयुक्त २ कार्य दल गठन गरी प्रत्यक्षतर्फको उमेदवार चयनका लागि क्षेत्र निर्धारण र चुनावी घोषणा पत्र निर्माणको आधार र समयसीमा तोकिएको हो । दलहरुले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सय ६५ स्थानमा उम्मेदवार दिन पाउनेछन । आगामी मंसिर १० र २१ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter