पोखरा ,१६ जेठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कास्कीले मणिपाल शिक्षण अस्पतालको तालावन्दी नखुले आफुहरुले हस्तक्षेप गर्दै ताला तोड्ने चेतावनी दिएको छ ।
आज एक प्रेस बिज्ञप्ती जारी गर्दै अनेरास्ववियुले बिधार्थीको पढाइ र विरामीको उपचार प्रति आधात पुग्ने गरी गरिएको अस्पताल बन्द आफुहरुका लागी स्विकार्य नहुने भन्दै तत्काल स्थानिय प्रशासनको ध्यानाकर्षण समेत गराएको छ ।
“दोषीलाई छिटो भन्दा छिटो कानुनी कारवाही गरि तुरुन्त अस्पतालको पढाई र उपचार सेवा सुचारु नभएमा हाम्रो संगठन अनेरास्ववियु उक्त ताला फोर्न बाध्य हुनेछौं”अनेरास्ववियु कास्कीका अध्यक्ष विवेक देवकोटाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।