पोखरा/ सैनिक आवासीय महाविद्यालय पोखाराका कक्षा दशका जम्मा १६६ विद्यार्थीद्वारा पोखरा रङ्गशाला सरसफाइ गरेका छन् । विश्ववातावरण दिवसको अवसर पारेर महाविद्यालयको वार्षिक क्यालेण्डर अनुसार यस कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त अवसरमा कक्षा दसका पाँच ओटै सेक्सनका विद्यार्थीले रङ्गशाला वरिपरिको फोहर टिपेर जम्मा गरी व्यवस्थापन गरेका थिए । महाविद्यालयका हाउस मास्टर जि.टि. सुरेश थापाको नेतृत्वमा सम्पन्न उक्त सरसफाइ कार्यक्रमले विद्यार्थीमा सामाजिक उत्तरदायित्व बोध हुने अपेक्षा गरिएको शिक्षक घनश्याम शर्माले जानकारी दिनु भयो ।

विद्यार्थी, शिक्षक र सैनिक कर्मचारी सम्मिलित सो कार्यक्रम मिति २०७५ साल जेठ २२ गते विहान ८ बजेदेखि ११ बजेसम्म चलेको थियो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter