काठमाडौं ,२५ जेठ / आर्थिक वर्ष २०७५/०७६ का लागि प्रदेश नम्बर ५ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत हुँदैछ।

दिउँसो १ बजे बोलाइएको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ।

उक्त नीति तथा कार्यक्रम बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षमा समावेश कार्यक्रमलाई अद्यावधिक गरी नयाँ र विशेष कार्यक्रम समेटिने ५ नम्बर प्रदेश सरकारले जनाएको छ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter