यतिबेला नेपाल मात्रै नभएर विश्वभर नै विश्वकप फुटबलको माहोलले तातेको छ। नेपाल विश्वकपमा सहभागी नभए पनि सहभागी देशका टिमहरुलाई समर्थन र विरोधले यहाँको माहोल तात्ने गरेको छ।

त्यसैलाई लिएर सामाजिक सञ्जालमा आफ्नो टिमको समर्थन र अरु टिमको विरोध गर्नेदेखि लिएर व्यक्तिगत रुपमै गाली गलौजसम्म उत्रने सम्मका गतिविधि भैरहेको पाइन्छ।

राजनीतिक, सामाजिक क्षेत्रका व्यक्ति मात्रै नभएर सिने क्षेत्रका व्यक्तिहरुसमेत विश्वकप फुटबललाई लिएर उत्साहित बनेका छन्। कतिपय कलाकारहरुले त आफूले समर्थन गरेको टिमको जर्सी लगाएर सामाजिक सञ्जालमा फोटो समेत सार्वजनिक गरेका छन्। यसरी हेर्दा नेपालका सिने क्षेत्रका सेलिब्रेटीलाई पनि विश्वकपको रौनकले छोपेको छ।

हेरौँ नेपालका कुन कलाकार कुन टिमको पक्षमा?

बच्चैदेखि अर्जेन्टिनाको फ्यान
केकी अधिकारी  (अभिनेत्री)
म सानैदेखि अर्जेन्टिनाको फ्यान हुँ। मलाई मेस्सी मनपर्छ। यसपाली पनि उसलाई नै सपोर्ट गर्छु। म आशावादी छु कि पक्कै जित्नेछ। म विश्वकप चलिरहेको बेला मेरो चलचित्र कोहलपुर एक्सप्रेसको लागि अस्ट्रेलियामा हुनेछु त्यतैबाट हेर्ने समय मिलाउनेछु।

जसले धेरै गोल हान्यो उसकै समर्थक 
सौगात मल्ल (अभिनेता) 
म कुनै पनि गेमको एकदमै फ्यान होइन्। कुनै गेम खासै खेल्दा पनि खेल्दिनँ र त्यति ज्ञान पनि हुँदैन। मलाई त खेलाडीको नाम पनि थाहा हुँदैन । जसले राम्रो खेल्छ र धेरै गोल हान्छ उसकै समर्थक हो म त। यो टिमलाई सपोर्ट गर्छु भन्ने त्यस्तो केही छैन मलाई।

जुन टिमले राम्रो खेल्छ उसकै समर्थक
विपीन कार्की (अभिनेता)
मेरो चाहिँ वल्र्डकपका टिमहरु फेरिरहन्छन्। यो नै मनपर्छ भन्ने छैन। पहिलाको निर्णायक खेलले नै निर्धारण गर्छ। म कुनै जमनामा अर्जेन्टिना, स्पेन अादिको फ्यान थिएँ तर अहिले त्यस्तो छैन।

मलाई चााहिँ खेलाडीको पर्फमेन्सले फरक पार्छ। म फुटबल खेलाडी पनि थिए त्यसैले कुन राम्रो टिम हो होइन जज गर्न सक्छु। प्राय: घरमा साथीभाइसँग अनि परिवारसँग हेर्छु तर यसपालि अलि बिजी सेड्युल छ तर पनि हेर्न चाहिँ छोड्दिन। इजिप्टकाे साल्हा भन्ने खेलाडी मनपर्छ।

फाइनलमा बाजी लगाउने गरेकी छु
झरना थापा (अभिनेत्री)
मलाई फुटबल हेन मनपर्छ। साथीभाइ र परिवारसित फुटबल म्याच हेर्ने गरेको छु। फाइनल नजिकिैँदै जाँदा चाहिँ झन् अलि चासो बढ्छ। मैले फाइनल गेम हुँदा वोल्डकपको बेला त झ्न बाजी पनि लगाउने गरेका थियौँ । यो टिमको समर्थक भनेर त ठ्याक्कै भन्न सक्दिन। अर्जेटिना र जर्मनी मन पर्छन्।

कुनै पनि गेम मिस गर्दिनँ
श्वेता खड्का  (अभिनेत्री)
म फुटबलको एकदम शौखिन हो। झन् विश्वकपको कुनै पनि गेम मिस गर्दिनँ।अर्को दिन रिपिट टेलिकास्ट हुेर्नुभन्दा पनि लाइभ नै हेर्न मज्जा लाग्छ। घरमा भाइबहिनीले जर्सी किन्छन् मलाई पनि रहर लाग्छ,लगाउने गरेको छु। म चाहिँ फाइनल गेमतिर बाजी राख्छु र अहिलेसम्म मैले बाजी हारेको कुनै रेकर्ड छैन। यो पाली के हुन्छ थाहा भएन ।

जस्तोसुकै व्यवस्तताका वावजुद पनि फुटबल हेर्ने समय निकालिहाल्छु। रातभर फुटबल हेर्यो दिउँसो अफिसमा मा निदाइ निदाइ काम पनि गरेको छुँ। मलाई चाहीँ अजेर्टिना मनपर्छ। अनि खेलाडीमा मेस्सी र रोनाल्डो पनि मनपर्छ।

मनमा अर्जेटिनामा
सीताराम कट्टेल  (कलाकार)
मलाई विश्वकप भन्दा पनि अहिले वीर अस्पताल लागेको छ(हाँस्दै) त्यसमा नै अलि व्यस्त छु। तर यति सञ्चारमाध्यमा अनि ठाउँठाउँ विश्वकपको माहोल छाइरहँदा अलि चासो बढेको छ नै। म चाहिँ अर्जेन्टिनाको फ्यान अनि खेलाडीमा मेस्सी। अर्जेटिनासँग न त नाता पर्छ न त अरु कै तर पनि खै के भएको भाव अनि झुकाव चाहिँ उ प्रति नै आउने।

सन् १९९८ मा वोल्डकप हेर्दा फस्ट गेम नै अर्जेन्टिनाको हेरेको थिएँ। त्यतिबेला देखि नै अर्जेटिनाले मेरो मनमा छाप छोडेको थियो। धेरै खेलाडीहरुलाई चिनेपनि चासो राखेपनि मनचाहिँ मेस्सी तर्फ ढल्केको छ। कुन्जनाको त धेरै टिमको समर्थक हुन सक्छिन् सायद। आज एउटाको समर्थक हुन्छिन् भने अर्कोदिन अर्कोको भैराखेको हुन्छिन्। म भन्दा पनि उनी चाहिँ यो विश्वकपमा अलि बढी नै उत्साहित छिन्।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter