दुलेगौडा/इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र अधिकारीलाई कार्यलायले विदाई गरेको छ ।बेलचौताराबाट जिल्ला प्रहरी कार्यालय लमजुङ सरुवा भएका अधिकारी २०७३ माघ २ गतेबाट कार्यभार शुरु गरेका थिए । इलाका प्रहरी कार्यालयले फेरि भेटौला लेखिएको ब्यानरमा अधिकारीलाई विदाई गर्दा सबैले उनको प्रसंसा गरेका थिए । सो अवसरमा प्रहरी निरिक्ष अधिकारीले यहाँको कार्यकालमा स्थानीयवासीको सहयोगले लागुपदार्थ दुव्र्यसनी, विकृति विसंगती नियन्त्रणमा सफलता मिलेका बताए ।

एमाले जिल्ला सदस्य कमल ढकाल र शुक्लागण्डकी एफ.एम.का स्टेसन मेनेजर राजन उपाध्यायले आगामी दिनमा पनि जनताको मन जिति काम गर्नको लागि शुभकामना दिए । कार्यक्रमको सञ्चालन प्रहरी नायव निरिक्षक लक्ष्मीराज रानाले गरेका थिए ।

अधिकारीको ठाउँमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरिक्षक सुर्वण वि.क. आउने भएका छन् ।

यसैबीच बुधवारै शुक्लागण्डकी नगरपालिकाले पनि अधिकारीलाई विदाई गरेको छ । नगर प्रमुख किसान गुरुङले यस क्षेत्रमा गरेको कार्यको प्रशंसा गरे । सामुदायिक सेवा केन्द्र शुक्लागण्डकीले पनि प्रहरी निरिक्षक अधिकारीलाई विदाइ ग¥यो । सामुदायिक सेवा केन्द्र शुक्लागण्डकीका अध्यक्ष दुर्गा बहादुर महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी निरिक्षक राजेन्द्र अधिकारी, उपाध्यक्ष हरि बहादुर थापा, सचिव सुजित हिराचन लगायतले बोलेका थिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter