काठमाण्डौ, २८ जेठ/ तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका अभियुक्त चुडामणी उप्रेती गोरेसहित ३ जनालाई थप अनुसन्धानका लागि काठमाण्डु ल्याइएको छ ।

मोरङ कारागारबाट गोरेसहित भुजुङ गुरुङ र छिरिङ वांग्दी गुरुङको सम्पत्ति छानविन गर्न काठमाण्डु ल्याइएको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ ।

गोरसहित छिरिङ र भुजुङमाथि आजबाट अनुसन्धान सुरू गरिने सम्पत्ति शुद्धीकरण विभागका सूचना अधिकारी विनोद लामिछानेले जानकारी दिए ।

३३ किलो सुन र सनमहत्याको छानविन गर्न बनेको समितिले उनीहरूको सम्पत्ति छानविन गर्न सुझाव दिएपछि सम्पत्ति शुद्धीकरण विभागले उनीहरूलाई काठमाण्डु झिकाएको हो ।

समितिका सदस्य एसएसपी बसन्त लामाका अनुसार गोरे, भुजुङ र छिरिङको सम्पत्ति छानविन गर्न प्रतिवेदनमा सुझाव दिइएको थियो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter