काठमाण्डौ, २८ जेठ/ ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्याकाण्डमा मुछिएका मोरङको उर्लाबारीका चुडामणि उप्रेती गोरेलाई केन्द्रीय कारागारमा चलान गरिएको छ । मोरङस्थित जिल्ला कारागारबाट ल्याइएका उनलाई सुन्धारास्थित केन्द्रीय कारागारको गोलघर चलान गरिएको हो ।

गोरेविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन तथा सुरक्षाको पूर्ण बन्दोबस्तका लागि बिराटनगरबाट काठमाण्डु तानिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत् थप कारबाही अघि बढाउन काठमाण्डु झिकाइएका गोरेलाई विशेष सुरक्षा दिनका लागि गोलघरमा राखिएको हो ।

सुन तस्करी र सनम हत्याकाण्डमा मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि गोरेलाई मोरङ कारागारमा चलान गरिएको थियो । गृहमन्त्रालयको निर्देशनमा गोरेलाई बिराटनगरबाट राजधानी झिकाएर गोलघरमा थुनिएको हो ।

गोलघरमा रहेको एउटा कोठामा गोरेलाई राखिनेछ। कारागारभित्रको पनि कारगार मानिने गोलघरमा विशेष सुरक्षा र अन्य कैदीबन्दीको सम्पर्कभन्दा बाहिर हुने गर्छ।

कारागार व्यवस्थापन कार्यविधि–२०७३ मा सरकारले गोलघरमा राख्ने गरी तोकिएका बन्दीलाई निश्चित समयसम्म घाम नर्छिने गोलघरमा राखिन्छ । गोरेलाई पनि उनीमाथि लागेको गम्भीर अभियोग र उनको सुरक्षाका लागि गोलघरमा राखिएको हो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter