पोखरा, ३१ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर २४ ले सडक र खानेपानीमा धेरै बजेट खर्च गरेको छ । तत्कालीन कास्कीकोट गाविस एकैचोटी महानगरको वडा बन्दा न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिदेखि पूर्वाधार र निर्माणमा जोड दिइएको वडा अध्यक्ष ओम सुवेदीले बताए । नयाँ थपिएका वडालाई महानगरले विशेष आरक्षण को व्यवस्था गर्नुपर्ने समेत बताए । उनले चालुआर्थिक वर्षमा पनि खानेपानी समस्या हल गर्न बजेट खर्च गरिएको बताउदै आगामी वर्ष एक घर एक अनुसार सवै घरमा खानेपानी पुर्याउने लक्ष्य राखिएको बताए ।

उनले वडा नम्वर २४ ऐतिहासिक, पौराणिक, धार्मिक क्षेत्रको रुपमा रहेको बताउदै पोखरामा बुधबार पत्रकार सम्मेलन गरेर आर्थीक वर्ष ७४÷७५ को प्रगती विवरण सार्वजनीक गरे ।चालु आर्थीक वर्षमा १० करोड ८६ लाख रुपैयाँको काम भएको बताए । उनले ९२ ओटा योजनामा उक्त रकम खर्च गरिएको बताए ।

वडा कार्यालयले केही दीर्घकालिन, मध्यकालीन र अल्पकालीन काम गर्ने योजना आगाडी सारेको छ । पर्यटकीय सम्भावना भएको कास्कीकोटमा गुप्तकालिका मन्दिर पुनःनिर्माण, कश्यपधाम बृहत गुरुयोजना अन्तर्गतका पर्यटकीय पदमार्ग कश्यपधाममा दृश्यावलोकन टावर निर्माण, सराङकोटदेखि कास्कीकोट देउरालीसम्मको साइकल रेन्ज, देउराली देखि नागडाँडासम्मको अपाङ्ग ह्वील चियर पदमार्ग पूरा गर्ने, रक क्लाइम्बिङको शुरुवात गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन कार्यक्रम संचालन गर्दै यो वर्ष ५० हजार पर्यटक कास्कीकोट भित्राउने लक्ष्य सहित ‘जाउँ है कास्कीकोट कार्यक्रम’ संचालन गर्ने अध्यक्ष सुवेदीले बताए ।

समुन्द्री सतहदेखि १८८७ मिटरको उचाइमा रहेको कश्यपधाम, गैह्रराबारी तथा चिलमडाँडामा भ्यूटावर निर्माण कार्यको शुरुवात लगाएत माछाको लागि प्रसिद्ध ठाउँ पामे र कास्कीकोट धार्मिक तथा पर्यटन लक्षित महोत्सव यसै वर्षबाट संचालन गरीने सुवेदीले वताए । कुलमण्डल पार्कमा प्राचिन संग्रहालय निर्माण गरी लुप्तखेल, घुयत्रो, डण्डीवियो, सैनिक अभ्यास लगायतका खेलहरुको प्रतियोगिता संचालन गर्ने, बास्कोट, गैह्राबारी, मौला लगायतका ठाउँहरुमा खेल मैदानहरुको आवश्यक पूर्वाधार निर्माण गर्ने, कालिका माविमा प्राविधिक शिक्षालय बहुमुखी क्याम्पस स्थापनाका लागी कार्यक्रम अगाडी वढेको वताए ।

पामेदेखि कास्कीकोटसम्म केवुलकारको सम्भाव्यता अध्ययनको लागि निजी क्षेत्र, संघ, संस्थासँग सहकार्य गर्न वडा कार्यालय तयार रहेको भन्दै कनेक्टिभीटी वार्डहरुलाई महानगरको सहयोगमा निर्धारित समयमा योजना सम्पन्न गर्ने बताइउको छ । बैदाम पामे घाटीछिना सडक, कृषि सडक, लौरुक ढोकाकोमुख हुँदै वडा कार्यालय जोड्ने सडकको स्तरोन्नति गरी कालोपत्रे गर्नको लागि संघ, प्रदेश र महानगरमा पहल गर्ने वडा सदस्य सन्तु सुवेदीले वताइन् ।हाल संचालीत स्वास्थ्यचौकीको स्तरोन्नति गरी १०–१५ शैयासम्मको हस्पिटल संचालन गर्ने योजना वडाको रहेको छ ।

युवा हरुलाई कृषीमा आर्कषित गर्न बाँझो रहेका जमिनहरुमा युवा उद्यमी कार्यक्रम संचालन माटोको परीक्षण गरी कृषिको पकेट क्षेत्र निर्धारण गर्ने एक घर एक टनेला÷एक घर एक मौरीघारको कार्यक्रम शुरुवात यसै वर्ष गरीने अध्यक्ष सुवेदीले बताए । व्यवसायिक कृर्षकको पहिचान गरी अनुदान र सम्मानको व्यवस्था गरिने भएको छ ।

१० घारभन्दा बढी मौरीपालक, ५०० वोट भन्दा बढी कफी लगाउने किसान, १०० बोटसम्म कागती फलाउने किसान, ५ रोपनीभन्दा बढी जमिनमा फुल खेती गर्ने कृषक, २० वटा भन्दा बढी गाई भैंसी पालक किसान, एकहजार भन्दा बढी कुखुरा पालक किसानका निम्ति ढुवानीमा वडाले सहयोग गर्ने काँक्रा, सागसब्जी, अकबरी खुर्सानी, स्कुसको उत्पादनमा व्यवसायिक उत्पादनमा प्रोत्साहन गर्न हाते ट्याक्टरमा अनुदान सहयोगको व्यवस्था गर्ने, कृषि उत्पादनको निम्ति तालिम, अध्ययन भ्रमण, नयाँ नयाँ प्रविधिको उपयोग र जेटिए लगायतका प्राविधिकको सेवाको लागि पर्याप्त व्यवस्था गर्न पहल गर्ने बाली संरक्षणका कार्यक्रमहरु संचालन गरी प्रधानमन्त्री कृषि आधुनिकीकरणसँग समन्वय गरी विभिन्न क्षेत्र, पकेटको आधारमा फेवाको जेठोबुढो धानको संरक्षण मा जोड दिएको छ ।

कास्कीकोटमा १५४ प्रकारका जडिबुटी खेती गर्नेलाई सहुलियत र अनुदानको व्यवस्था वडाले गरेको छ । जडिबुटी संकलन केन्द्र कृषि उत्पादन संकलन केन्द्र स्थापनासमेत गर्ने भएको छ । १० जनाभन्दा बढी व्यक्तिहरुलाई रोजगारी दिने कृषि फर्म, उद्योगलाई विशेष सहुलियत र अनुदानको व्यवस्था गरी नमूना फर्म, कृषक र उद्योगलाई सम्मान गर्ने योजना अगाडी सारेको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter